ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णलक्ष्मीको बचत ठगीमा जीबी राईसहित २४ विरुद्ध पक्राउ पुर्जी


एबीसी न्यूज

काठमाडौं १४ कात्तिक । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धान बल्ल अघि बढेको छ । स्वर्णलक्ष्मीका सयौं बचतकर्ताबाट गतवर्ष नै काठमाडौं प्रहरी वृत्त कालीमाटीमा जाहेरी परे पनि अनुसन्धान अघि बढेको थिएन ।

 

सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बञ्जाडे ९जोशी०, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेपछि हिनामिनामाथि अनुसन्धान गर्न प्रहरीमाथि दबाब बढेको थियो ।

संसदीय समिति गठन हुँदा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । उनी गृहमन्त्री रहेकै बेला र त्यसअघिका विभिन्न मितिमा स्वर्णलक्ष्मी सहकारी ठगीबारे प्रहरीमा जाहेरी परे पनि अनुसन्धान अघि बढेको थिएन । एमाले–कांग्रेसको नयाँ सत्ता समीकरण बनेपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट हट्नुका साथै रास्वपा सभापतिसमेत रहेका लामिछाने पनि मन्त्रीबाट पदमुक्त भए । त्यसपछि पनि सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले बेवास्ता गरेको थियो । संसदीय छानबिन विशेष समितिले ठगीमा संलग्नको नाम किटेर प्रतिवेदन बुझाएको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र तत्कालीन उपाध्यक्ष जोशी पक्राउ परेपछि काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अपचलनसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको हो । अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मीको बचत अपचलन आरोपमा अनुसन्धानका लागि नेटवर्कका तत्कालीन अध्यक्ष राईसहित २४ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको छ ।

हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने र जोशीसमेत स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको अनुसन्धानको दायरामा रहेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी परेको जाहेरीमा अनुसन्धान भइरहेको र त्यही क्रममा तथ्य प्रमाणले कसुरदार देखिएकालाई अनुसन्धानकै लागि पक्राउ अनुमति लिइएको बताए । केही साताअघि नै पक्राउ अनुमति लिइएको उनले बताए ।

काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । जसमध्ये ६ सय ४५ जनाले आफूहरूको १ अर्ब ११ करोड बचत रकम सहकारीका सञ्चालक, कर्मचारीसहितको मिलेमतोमा अपचलन गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

पीडितले काठमाडौं महानगरपालिका र प्रहरीमा दिएको जाहेरी तथा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि आरोपितमध्येका २४ जनालाई अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पुर्जी जारी हुनेमा जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् । पूर्वसञ्चालकहरू दीपक लामा, सविना आले मगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको बचत हिनामिना अध्ययन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले पनि स्वर्णलक्ष्मीको बचत अपचलनबारे प्रहरीबाट अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन भनेको थियो । छानबिन समितिको प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी तथा गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछाने पक्राउ परिसकेका छन् । लामिछाने र जोशीसहित आरोपितहरूविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । काठमाडौंको स्वर्णलक्ष्मीसहित कास्की ९पोखरा० को सूर्यदर्शन, रूपन्देही ९बुटवल० को सुप्रिम, चितवन ९भरतपुर० को सहारा र पर्सा ९वीरगन्ज० को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा लामिछाने र जोशीमाथि प्रहरीको अनुसन्धान जारी छ ।

सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले लामिछानेसँग बयान लिइरहेको छ । सोही प्रकरणमा जोशीसँग सूर्यदर्शन र बुटवलको सुप्रिम प्रकरणमा बयान भइसकेको र लामिछानेलाई पनि बुटवल नै लगेर बयान गराउने प्रहरी तयारी रहेको एक अधिकृतले बताए । स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

‘स्वर्णलक्ष्मी सहकारीमा ५ हजार ६ सय ६९ जनाको २ अर्ब ६५ करोड ९५ लाख ५२ हजार ५८ रुपैयाँ बचत भएको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘जसमध्ये कर्मचारी, सञ्चालकसहितको मिलेमतोमा गैरकानुनी रूपमा सहकारीबाट अन्यत्र रकम लगी अपचलन गरेको र आफूहरूको रकम फिर्ता माग्दा नपाएको भन्दै दिएको जाहेरीको अनुसन्धान गर्ने क्रममा आरोपितमध्येका २४ जनाविरुद्ध पक्राउ पुर्जी लिइएको हो ।’

प्रहरीले आरोपितविरुद्ध पक्राउ पुर्जीका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेका कागजातअनुसार स्वर्णलक्ष्मीबाट ११ वटा निजी कम्पनीमा सहकारीको बचत लगेको देखिन्छ । यस्तै जोशीसहितका विभिन्न व्यक्तिले पनि सहकारीबाट ऋण भन्दै रकम लगेको देखिन्छ ।

प्राप्त विवरणअनुसार स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्क र गोर्खा ग्रुप अफ कम्पनीसहित देव दीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्ड्री फार्म, मन्दरा टेर्स एन्ड एक्स्पेन्डिएसन, कोर्खा हर्बल प्रोडक्सन प्रालि, मन्दरा टुर्स एन्ड ट्राभल प्रालि, कुमकुम हर्बल इन्ड्रस्ट्रिज प्रालि, हर्बो इन्टरनेसनल प्रालि, न्यु सुलक्स अफसेट प्रिन्टर्स प्रालि, सारेगामा रेकर्डस् प्रालि, स्प्रिङ उड रियल स्टेट प्रालि र ग्यालेक्सी टीभीमा रकम लगेको अनुसन्धानबाट खुलेको छ । जसमध्ये गोर्खा मिडिया नेटवर्कमा लामिछाने १५ प्रतिशत सेयरसहित सञ्चालक थिए । बाँकी राई, जोशी र रम्तेलका नाममा सेयर स्वामित्व कायम गरिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा स्वर्णलक्ष्मीको कार्यालयमा खानतलासी गर्दा कम्प्युटर र सञ्चालक समितिबाट भएका विभिन्न मितिका निर्णयसहितका पुस्तिकासमेत बरामद भइसकेको जनाएको छ ।

जीबी, छवि र रविले सहकारीबाट गोर्खा मिडियाको खातामा लगेको बाहेक गोर्खा मिडियाका लागि भनेर पुनः जीबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ । अहिले पनि भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ । २०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिन्छ । गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा अझै तिर्न बाँकी देखिन्छ । यस्तै, जोशीले २०७८ चैत ९ मा सहकारीबाटै १ करोड १८ लाख २८ हजार १ सय १० रुपैयाँ पेस्कीबापत लगी त्यही महिनाको २९ गते फिर्ता गरेको विवरण पनि प्रहरीले बरामद गरेको सर्भरबाट देखिएको ती प्रहरी अधिकृतले बताए ।

यी विवरण शंखमूलस्थित नेचर हर्ब्सको कार्यालयबाट बरामद सहकारीको सर्भरमा पनि रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । काठमाडौं प्रहरीले गत साता स्वर्णलक्ष्मीको कार्यालयमा थप खानतलासी गरेको थियो । त्यस क्रममा लामिछानेले सहकारीबाट रकम लगेको विवरण खुल्ने भौचर पनि बरामद भएको जनाएको छ । उक्त भौचरसहित विभिन्न ३५ थान फाइल बरामद गरिएको प्रहरीका ती अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com