ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो – अमेरिका


एबीसी न्यूज
कार्तिक १३, २०८१ मंगलबार  १ : २४ बजे

काठमाडौं १३ कात्तिक । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।

सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।

उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानुन अनुरूप हुने बताउनुभएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिनुभएको छ । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गर्नुभएको छ ।

पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कुल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।

नाटो प्रमुख मार्क रुटले यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो, र यो ‘पुटिनको बढ्दो निराशाको सङ्केत’ हो भन्नुभयो ।
रुटका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उहाँले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताउनुभयो ।

उपग्रह प्रक्षेपण रु
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले मङ्गलबार मस्को र प्योङयाङबिचको बढ्दो सैन्य सहयोग ‘अन्तर्राष्ट्रिय समुदायका लागि महत्त्वपूर्ण सुरक्षा खतरा’ भएको उल्लेख गर्दै सोलले ‘प्रतिकार्य’ बारे विचार गरिरहेको चेतावनी दिनुभयो ।

सोलका जासुसी निकायले सांसदहरूलाई दुई देशबीच तीव्र सैन्य सहयोग भइरहेको सङ्केत गर्दै उच्च पदस्थ उत्तर कोरियाली जनरलहरू पनि ‘अग्रपङ्क्तिका क्षेत्रहरूमा जान सक्ने’ बताएको छ ।

एएफपीले प्राप्त गरेको प्रतिलिपिअनुसार सांसदहरूलाई ब्रिफिङपछि उत्तरले मेमा असफल प्रयासपछि ‘उन्नत घटकहरू र रुसी प्राविधिक सहायता प्रयोग गरेर’ अर्को उपग्रह प्रक्षेपणको तयारी गरिरहेको चेतावनी दिएको सांसद ली सेओङ–क्वेउनले बताउनुभयो ।

विशेषज्ञहरूका अनुसार सैनिक पठाएबापत उत्तर कोरियाले निगरानी उपग्रहदेखि पनडुब्बीसम्मका सैन्य प्रविधि र मस्कोबाट सम्भावित सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने लक्ष्य राखेको छ ।

उत्तरले रुस तैनाथीबारे सूचना प्रवाहलाई आन्तरिक रूपमा पनि नियन्त्रण गरिरहेको जासुसी निकायलाई उद्धृत गर्दै लीले ली सेओङ–क्वेउनले बताउनुभयो । उहाँले भन्नुभयो, “तैनाथ गरिएका सैनिकका परिवारलाई उनीहरू तालिममा छन् भनेर झुटो जानकारी दिइएको छ ।”

उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाका विदेशमन्त्री यस साता मस्को जानुभएको छ । यद्यपि कुनै विवरण दिइएको छैन ।

बढ्दो खतराहरू
प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्ने बारेमा पुनर्विचार गर्ने यसअघि नै बताएको थियो । पुनर्विचार गर्न उसका पश्चिमी सहयोगीहरूले लामो समयदेखि माग गर्दै आएका थिए । सोलले अहिलेसम्म लामो समयदेखिको घरेलु नीतिका कारण यो कदम चाल्न अस्वीकार गर्दै आएको छ ।

सोलले पहिले नै किएभको एक प्रमुख सहयोगी पोल्यान्डलाई अर्बौँ डलर मूल्यका ट्याङ्क, तोप, आक्रमण विमान र रकेट लन्चर बेचिसकेको छ ।

युरोपेली सङ्घ ९इयु० की प्रमुख उर्सुला भोन डेर लेयनले पनि उत्तर कोरियाले पहिलो पटक सैनिक पठाउनु ‘युक्रेनविरुद्धको युद्धको महत्त्वपूर्ण वृद्धि हो र यसले विश्व शान्तिलाई खतरामा पार्छ’ भन्दै चेतावनी दिनुभएको छ ।

उहाँले दक्षिण कोरियाली राष्ट्रपति युनसँगको टेलिफोन वार्तापछि यस घटनाक्रमप्रति इयुको प्रतिक्रिया दक्षिण कोरिया र अन्य समान विचारधारा भएका साझेदारहरूसँगको सहकार्यमा केन्द्रित हुने भन्दै राष्ट्रपतिलाई आश्वस्त पार्नुभयो ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाले मस्को र प्योङयाङ दुवैको सहयोगी चीनलाई ‘आफ्ना दुई छिमेकी रुस र उत्तर कोरियाको यस अस्थिरकारी कार्यप्रति चिन्तित हुनुपर्छ’ भनेको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई बताउनुभयो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

सम्बन्धित

नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com