ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तलब नपाएपछि हङकङ विमानस्थलका कामदार आन्दोलित


एबीसी न्यूज

काठमाडौं ८ कात्तिक ।  हङकङमा निर्माण क्षेत्रमा कार्यरत कामदारको मासिक तलब ३ महिना बितिसक्दा पनि नपाए पछि कामदारहरुले कम्पनी साइडमै हडताल गरेका छन् ।
हङकङको चेकलाप ककस्थित हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन तेस्रो धावनमार्गमा कार्यरत कामदारहरूले तीन महिनादेखि तलब नपाएको भन्दै कार्यक्षेत्रमै हड्ताल गरेका छन्।

चिनियाँ सव(कम्पनी ‘बिल्डर प्राइज’ले तीन महिना बितिसक्दा पनि तलब नदिएपछि आफूहरू कार्यक्षेत्रमै धर्ना बस्न बाध्य भएको त्यहाँ कार्यरत नेपालीहरूले नेपालखबरलाई बताए। तेस्रो धावनमार्ग निर्माणको ठेक्का चाइना स्टेट कम्पनीले लिएको छ भने यो अन्तर्गत अन्य २ दर्जनभन्दा बढी कम्पनीले जिम्मा लिएर काम अगाडि बढाएका छन्।

जसअन्तर्गत ‘बिल्डर प्राइज’ ले तीन महिनादेखि तलब नदिएको भन्दै कामदारहरू आन्दोलनमा उत्रिएका हुन्। मुख्य कम्पनीको साइडमा धर्ना बसेका कामदारहरूले ‘पे आवर स्यालरी’, ‘नो स्यालरी नो वर्क’, ‘नो स्यालरी फर थ्रि मन्थ’, ‘ह्वेयर इज आवर स्यालरीरु’, ‘यु पे वि वर्क’ आदि लेखिएका प्लेकार्ड बोकेर काम ठप्प पारेका छन्।

 

‘कम्पनीको सबै संयन्त्र चहार्‍यौँ तर कान ठाडो लगाइएन। आफ्नो टिम लिडर, फोरमेन, सुपरभाइजर, सवएजेन्ट, सुपरिटेन्डेन्ट हुँदै साइड इन्चार्जसम्म पुग्यौँ तर हाम्रो आवाजको वास्ता गरिएन,’ धर्नास्थलमा भेटिएका नेपाली यमलाल कँडेलले नेपालखबरलाई भने, ‘दैनिकी चलाउनै धौ भइसक्यो तलब आउला आउला भन्ने आशामै दिन बिते।’

तलब नपाएको गुनासो सुनाउँदा कम्पनीले तलब दिन तोकेको समय पनि २ महिना बितिसकेको कँडेल बताउँछन्।

‘हङकङमा तलब नपाएर आन्दोलित हुनुपरेको मेरो जीवनमा पहिलो घटना हो,’ कँडेल गुनासो पोख्छन्।

यस्तै, अर्का नेपाली अम्बिका राई मुख्य कम्पनीको भन्दा धेरै तलब पाइने भएपछि आफू त्यहाँको काम छोडेर सव कम्पनीमा आएको बताउँछिन्। तर, अहिले तीन महिनासम्म तलबविहीन हुनुपर्दा निकै पीडा भएको उनको भनाइ छ।

‘घर खर्च टार्नै हम्मे परेको छ। कोठाभाडा तिर भन्दै कति पटक एजेन्सीले भिजिट गरिसक्यो,’ राईको दुस्खेसो छ, ‘कम्पनी छोडेर जाउँ तीन महिनाको पैसा नपाइएला भन्ने डर, निकै दोधारे बनायो।’

अर्का नेपाली मनप्रसाद घिसिङ आजको आन्दोलनले पनि काम नगरे श्रम विभागसम्म पुग्नुपर्ने बताउँछन्। ‘अन्ततस् कामदारको हकमा बोल्ने लेवर डिपार्टमेन्ट छ भन्ने सबैलाई थाहा छ। तर, त्यो प्रक्रिया अपनाउँदा मुद्दा मामिला हुने, अदालती प्रक्रियाका कारण तलब पाउने समय लम्बिने हुन सक्छ भनेर अहिले नै त्यता नलागेका हौँ,’ घिसिङ भन्छन्, ‘हेरौँ, आजको धर्नाले कस्तो नतिजा दिन्छ। नत्र अब सोच्नुपर्ने बनायो।’

एक हप्तापछि बेलायत फर्कने तयारी गरेकी गंगा लिम्बु श्रीमान् श्रीमतीकै तलब नपाउँदा निकै खल्लो लागेको बताउँछिन्। ६ महिनादेखि उक्त कम्पनीमा काम गर्दै आएकी उनी पहिले पहिले पनि तलब ढिलै आउने गरेको भए पनि यति लामो समयसम्म चाहिँ नरोकेको बताउँछिन्।

‘श्रीमान् श्रीमती भएर बिल्डर प्राइज कम्पनीमा ६ महिनाभन्दा बढी काम गरियो। कम्पनीले जहिले डेढ महिनापछि तलब दिने गर्थ्यो। तैपनि हामीले व्यवहार टार्दै आएका थियौँ,’ लिम्बु भन्छिन्, ‘तर, पछिल्लो समय त गडबडी गर्दै समय लम्ब्याउने काम गरेको छ। कम्पनीले कस्तो जाल बुन्दैछरु हामी बेलायत फर्किनुपर्ने यो हप्ता अन्तिम हो।’

एक हप्ता अगाडि मात्र राजीनामा बुझाएकी लिम्बुले बेलायत फर्कनुपर्ने भएपछि कम्पनीसँगको सहमतिमै राजीनामा दिएको बताउँछिन्।

यस्तै, प्रिस्का सोताङ राई यो महिना बाँकी सबै तलब दिने बोलकबोल गरिएको भए पनि कार्यान्वयन नभएको बताउँछिन्।

‘कम्पनीले तलब दिने मिति १५र१६ तारिख हो। आज २४ अक्टोबर भयो, पहिलेका महिनाको ५० प्रतिशत स्यालरी थमाइदिएको छ। बाँकी सबै तलब यो महिना दिने बोलकबोल कम्पनी साहुको थियो। तर, कुरामै सीमित रहयो,’ राई भन्छिन्।

कामदारहरू आन्दोलित बनेपछि अहिले उक्त स्थलमा प्रहरी परिचालित छन्। तेस्रो धावनमार्गको मुख्य प्रवेश द्वार बन्द गरिएको छ। सवारी साधन आवातजावतमा रोक लगाइएको छ।

हङकङ विमानस्थलको तेस्रो धावनमार्ग थेड रन वे मा कार्यरत नेपालीको संख्या सयभन्दा बढी छ। त्यहाँ उनीहरू कार्पेन्टर, कंक्रिटर, अपरेटर क्लिनर आदि विधामा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com