काठमाडौं ८ कात्तिक । सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आज पनि पोखरामा प्रदर्शन जारी राखेको छ।
रास्वपा नेता कार्यकर्ताले अहिले पोखराको वाई चोकमा धर्ना दिइरहेका छन्।
सहकारी प्रकरणमा सभापति लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौँमा पक्राउ गरी त्यही रात पोखरा लगिएदेखि रास्वपाले त्यहाँ दैनिक विरोध प्रदर्शन गरिरहेको छ।
यसैबीच पहिलोपटक लिइएको हिरासत म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आजै बिहान पुनस् जिल्ला अदालत कास्की उपस्थित गराइएको छ। प्रहरीले उनीविरुद्ध म्याद थपका लागि अदालतसँग अनुमति लिन लागेको हो।
उनीसँगै गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी जोशीलाई पनि अदालत लगिएको छ। जोशीलाई भने गत असोज ६ गते नै पक्राउ गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्