ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने


एबीसी न्यूज
कार्तिक ८, २०८१ बिहीबार  १२ : १९ बजे

काठमाडौं ८ कात्तिक । वाशिङ्टन डीसी अमेरिका – विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा वाशिङ्टन डीसीमा रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकका दक्षिण एशिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटवार्ता नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित रहेको हो ।

अमेरिकामा रहेको नेपाली दूतावासका अनुसार नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सिर्जना गर्नेबारेमा छलफल भएको छ ।

यस्तै विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ । उपप्रधान एवम् अर्थमन्त्री पौडेल र विश्व बैंक ९दक्षिण एशिया मामिला० का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताका लागि स्रोत परिचालन गरिने उल्लेख छ ।

यस्तै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र एशियाली विकास बैंक ९एडीबी० का उपाध्यक्ष यिगमिन यागबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा एशियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।

यस्तै पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

सम्बन्धित

नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com