ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक – उपाध्यक्ष श्रेष्ठ


एबीसी न्यूज

काठमाडौं ७ कात्तिक । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता श्रेष्ठले सभापति लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भए पनि नेता विशेषका आधारमा भेदभावपूर्ण व्यवहार हुन नहुने बताउनुभएको हो ।

उहाँले निष्पक्ष छानबिन हुनुपर्ने आफूहरूको मत रहिआएको भए पनि व्यवहारमा सरकारले निष्पक्ष ढङ्गबाट अनुसन्धान अघि बढाउन नसकेको भन्ने नै परेको बताउनुभयो । सत्तारुढ दलका नेताहरूमाथि छानबिन नहुने तर विपक्षी नेतालाई मात्र पक्राउ गरेर अनुसन्धान गर्दा जनताले निष्पक्ष छानबिन भएको स्वीकार नगरेको उहाँको भनाइ थियो । सँगसँगै उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने र निर्दोष कसैलाई दुःख दिने काम राज्यले गर्न नहुनेमा जोड दिनुभयो ।

भ्रष्टाचारविरुद्ध काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने तयारी गरिरहेको माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको पनि नेता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारतिर हाम्रो आँखा छैन । आन्दोलन सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन, देश र जनताको समस्याका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने उद्देश्यले सरकारका कमजोरीहरुविरुद्ध खबरदारी सभा आयोजना गरेका हौँ ।’’

यसैगरी, बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनर्स्थापनामा पनि सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको उहाँको टिप्पणी थियो । ‘‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठुलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनर्स्थापना, पुनर्निर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन भनेका हौँ ।’’ श्रेष्ठले भन्नुभयो ।

नेता श्रेष्ठ मोरङको सुन्दर हरैंचामा वाइसियल नेपालको जिल्ला कार्यालय उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com