ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यूयोर्कको नेपाली मिडिया खसोखासलाई अमेरिकामा १ लाख डलरको पुरस्कार


मनिषा लामिछाने
कार्तिक १, २०८१ बिहीबार  ९ : ३३ बजे

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कबाट नेपाली समुदायका लागि सञ्चालित सामुदायिक सञ्चारमाध्यम खसोखासलाई एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ। स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

स्थानीय समाचारलाई पुन: कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो। प्रेस फर्वार्डले मूलधारका सञ्चारमाध्यमहरूमा परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ।

‘प्रेस फर्वार्डबाट यो अनुदान पुरस्कार प्राप्त गर्न पाउँदा हामी अविश्वसनीय रूपमा गर्वको अनुभव गरिहका छौं। यो निशर्त प्रदान गरिएको १ लाख डलर हाम्रो लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३ वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाण हो,’ खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले भने।

यो सहयोगले खसोखासलाई अमेरिकामा रहेको नेपाली समुदायलाई अत्यावश्यक समाचार र श्रोतहरू प्रदान गर्ने मिसनलाई जारी राख्न सशक्त बनाउने उनले बताएका छन्। अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रूपमा सन् २०१२ मा सुरु भएको खसोखास अध्यागमन र नेपाली समुदायका कथाहरुदेखि न्यूयोर्कको क्वीन्स र बाहिरका स्थानीय समाचारहरू सम्म नेपाली समुदायलाई प्रभाव पार्ने मुद्दाहरू कभर गर्न अग्रपंक्तिमा रहेको छ। सन् २०२० मा कोरोना महामारीपछि सम्पूर्णहरूमा डिजिटल बनेको खसोखासले वर्षौंदेखि नेपाली समुदायलाई महत्वपूर्ण जानकारीसँग जोड्ने स्रोत र खोजमुलक सामाग्रीहरू प्रकाशित गर्दै आएको छ।

यो पुरस्कारले खसोखासलाई नेपाली डायस्पोराका महत्वपूर्ण कथाहरू समेट्ने, उच्च गुणस्तरको स्वतन्त्र पत्रकारिता प्रदान गर्ने खसोखाको क्षमतालाई अभिवृद्धि गर्ने, रिपोर्टिङ विस्तार गर्न र यसको डिजिटल उपस्थिति सुधार गर्न सक्षम बनाउने तथा थप पाठकहरूसम्म पुग्न मद्दत गर्ने खसोखासको अपेक्षा रहेको छ।

‘यस नयाँ अध्यायको भागको रूपमा हामी पाठक र समर्थकहरूलाई यो कोसेढुङ्गा मनाउन हामीसँग सामेल हुन आमन्त्रित गर्दछौं। हामी हाम्रो समुदायको सेवा गर्न जारी राख्छौं र स्थानीय पत्रकारितालाई समर्थन गरेर हाम्रो विकासको अर्को चरणमा सहभागी हुन सबैलाई आमन्त्रित गर्दछौं’, प्रधान सम्पादक पन्थीले भने।

प्रेस फर्वार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउण्डेशनबाट सञ्चालित राष्ट्रिय अभियान हो। यो स्थानीय समाचार कक्षहरू सुदृढ गर्न, पत्रकारिता कभरेजमा लामो समयदेखि रहेको खाडलहरू बन्द गर्न, स्थानीय समाचारहरूमा पहुँच विस्तार गर्ने सार्वजनिक नीतिलाई अगाडि बढाउन र स्थानीय पत्रकारितामा फस्टाउन आवश्यक पूर्वाधारको मापन गर्न ४ सय मिलियन डलरभन्दा बढी लगानी गर्ने राष्ट्रिय गठबन्धन हो। जसमा नाइट फाउण्डेशन, लुमिना फाण्डेशन, फोर्ड फाउण्डेशन, डेमोक्रेशी फण्ड जस्ता अमेरिकाका ६० भन्दा बढी प्रतिष्ठित र चर्चित दातृसंस्थाहरु समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com