ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले दियो शुभकामना, एमसीसी र संक्रमणकालीन न्यायमा जोड


मनिषा लामिछाने
आश्विन ३, २०८१ बिहीबार  १२ : ३६ बजे

काठमाडौं । अमेरिकाले संविधान दिवस अवसरमा नेपाललाई शुभकामना दिएको छ । राष्ट्रपति जो बाइडेनका प्रमुख परराष्ट्र मामिला सल्लाहकार एवम्‌ राज्यसचिव एन्टोनी जे ब्लिन्केनले शुभकामना दिएका हुन्‌ ।

ब्लिन्केनले शुभकामना सन्देशमा नेपालमा कार्यान्वयन भइरहेको अमेरिकी सहायता एजेन्सी मिलेनियम च्यालेञ्‍ज कर्पोरेशन (एमसीसी) अनुदान परियोजना र नेपालले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको सन्दर्भ जोडेका छन्‌ ।

शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपालसँगको हाम्रो ७७ वर्षको मित्रतालाई अमेरिकाले निकै महत्व दिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग ऋणमुक्त साझेदारी, न्याय प्रवर्द्धन र प्रजातान्त्रिक सिद्धान्तहरू कायम राख्ने जस्ता पहलमार्फत जनता-जनताबीचको सम्बन्ध सुदृढ गर्न, आर्थिक वृद्धिदर बढाउने हाम्रो संयुक्त प्रयासमा हामी गर्व गर्छौं ।’

अमेरिकाले नेपालमा जलवायु परिवर्तन प्रतिरोधिता बढाउन र स्वच्छ ऊर्जा विकासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी वर्षहरूमा निरन्तर सहयोग निम्ति तत्पर रहेको सो सन्देशमा उल्लेख छ ।‘ऐतिहासिक सङ्क्रमणकालीन न्याय कानुनको हालै पारित लगायत नेपालको धेरै उपलब्धिहरूलाई मान्यता दिने यो महत्त्वपूर्ण क्षण हो र हामी पीडित र पीडितहरूलाई न्याय दिलाउन यसको सफल कार्यान्वयनको प्रतीक्षामा छौं,’ सो शुभकामना सन्देशमा बिन्केनले लेखेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com