ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा विकसित घटना अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको उपज: नारायणकाजी श्रेष्ठ


एबीसी न्यूज

काठमाडौं २८ साउन । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रम घरेलु परिघटनामा मात्रै सिमित नरहेको बताएका छन्।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत् बंगलादेशमा विकसित घटनाक्रममा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका देखिएको दाबी गरेका हुन्।

श्रेष्ठले केही दिनअघि बंगलादेशमा घटेको घटनाक्रमको सम्पूर्ण पाटापक्षका बारेमा अहिले नै निष्कर्ष निकाल्नु हतारो हुने प्रतिक्रिया सार्वजनिक गरेका थिए।

उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘आहिलेसम्म आइपुग्दा तत्कालिन प्रधानमन्त्री शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरुबाट के स्पष्ट हुँदै गएको छ भने, बंगलादेशको घटना घरेलु परिघटनामा मात्र सीमित रहेन। यसमा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ।’

साथै उनले बंगलादेशमा हिंदू अल्पसङ्ख्यकमाथि निकृष्ट दुर्व्यवहार भएको बताएका छन्। उनले त्यस्ता निन्दनीय अतिवादको पक्ष पनि उजागर भइसकेको दाबी गरेका छन्।

‘यो ज्यादै गम्भीर पक्ष हो। जसप्रति सबै समयमै सचेत हुनु पर्छ,’ नारायणकाजीले भनेका छन्, ‘अन्यथा वैदेशिक हस्तक्षेप र धार्मिक अतिवादी द्वन्द्वले सबैतिर एउटा वा अर्को रुपमा ज्यादै नकारात्मक नोक्सानदायी प्रभाव देखाउन सक्ने खतरालाई नजरअन्दाज गर्न सकिन्न।’

उनले बंगलादेशमा फेरि पनि त्यहीँका जनताको भूमिका नै निर्णायक हुने बताएका छन्।

‘राज्य र सरकारले देश र जनताको पक्षमा काम गरेको अवस्थामा वैदेशिक हस्तक्षेप र अतिवादका लागि कुनै निमित्त कारण वा आधार प्राप्त हुन सक्दैन। त्यसको सट्टा जनतामा निराशा, असन्तुष्टी र आक्रोश पैदा भएमा त्यसप्रकारको शक्ति र प्रवृत्तिले जनतालाई प्रयोग गर्ने खतरा रहिरहन्छ,’ उनले भनेका छन्।

उनले देश र जनताप्रतिको आफ्नो दायित्व पूरा नगरी अन्य पक्ष, प्रवृत्तिलाई दोष लगाएर मात्र बंगलादेशमा देखिएको समस्या समाधान नहुनेमा पनि जोड दिएका छन्।

‘देश र जनताप्रतिको सरकारको निष्ठा र कामलेनै जनताको साथसहित राष्ट्रिय एकता कायम हुन्छ। त्यसले बाह्य वा अतिवादी शक्तिहरूलाई नकारात्मक भूमिकाको निम्ति ठाउँ दिँदैन र परास्त पनि गर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com