ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर कारोबारमा पौने २६ अर्बको नयाँ कीर्तिमान, हिमालयन रि र शिवम् सिमेन्टको अर्ब बढीको कारोबार


एबीसी न्यूज

काठमाडौं २७ साउन । सेयरबजारमा कारोबार रकमको नयाँ कीर्तिमान बनेको छ।   साताको पहिलो कारोबार दिन आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो।

यो कारोबार रकम हालसम्मकै सर्वाधिक हो। साउन महिनामा सेयर कारोबारले लगातार कीर्तिमान बनाएको यो तेस्रो पटक हो। यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिनेको थियो।

त्यसपछि पुनः साउन २२ गते एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। आज कारोबार रकमले त्यसलाई पनि उछिनेर नयाँ कीर्तिमान बनाएको हो।

कुल ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर बिक्रीमा यो कीर्तिमान बनेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ९४।५३ अंकले नेप्से बढेर २८६०।९१ विन्दुमा पुगेको छ।

योसँगै आज २२५ कम्पनीको सेयर मूल्य बढ्दा १५ वटाको घटेको र २ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

९ कम्पनीको सेयरमा सकारात्मक सर्किट
आज ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, अपर तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त र मिडसोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो।

योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः २०।२०, ८२, २७।१०, २७।८०, १९।८०, २१।३०, ८२, २९० र ८७।२० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। आज १७ कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ।

गिरावट आउनेमा कुथेली बुखारी स्मल हाइड्रोको सेयर छ। उक्त सेयर १० प्रतिशतले घटेको हो। अन्यको अधिकतम ७।५४ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ।

हिमालयन रि र शिवम् सिमेन्टको अर्ब बढीको कारोबार
आज पनि हिमालयन रि र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ। हिमालयन रिको १ अर्ब ५२ करोड र शिवम् सिमेन्टको १ अर्ब १६ करोडको कारोबार भएको हो। यी दुवैको सेयर प्रतिकित्ता क्रमशः ९५३ र ७३३ रुपैयाँमा कारोबार भएको छ।

त्यसैगरी निफ्राको ५८ करोड, नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशीको ५५ करोडको सेयर किनबेच भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com