ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारागाउँ जग्गा विवाद तत्काल टुंग्याउन सरकारलाई सांसदहरूको दबाब


एबीसी न्यूज

काठमाडौं २७ साउन ।  सांसदहरूले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गासम्बन्धि विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्।

लामो समयदेखि विवादमा रुपमा रहेको सो जग्गा लिजमा दिने क्रममा तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरुले पनि ठूलो घोटाला गरेको हुनसक्ने निष्कर्ष निकाल्दै सांसदहरुले सो समस्याको तत्काल निरुपण हुनेगरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरेका हुन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले सो जग्गा लिजमा लिने क्रममा ठूलो घोटाला भएको हुनसक्ने जिकिर गर्दै सो सम्बन्धि विवाद टुंगो लगाउने गरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरे।

उनले हायात होटेलले १५० रोपनी सरकारी जग्गा हडप्ने प्रयास गरिरहेको भन्दै त्यसलाई रोक्ने उपायको खोजी गर्न पनि सरकारलाई दबाब दिए।

‘यी सबै कुरामा दुरुपयोग कतिको भइरहेको छरु तारा गाउँको सन्दर्भमा खासगरी अहिले जुन कुरा उठेको छ। यो बौद्धमा रहेको जग्गाको बारेमा। त्यो हायात हाटेलले लिन चाहिराखेको छ, भनौं हडप्न खोजेको छ। एकलौटी बनाउन खोजेको छ। राज्यको सेयर घटाउँदै घटाउँदै लिएर गइराखेको छ। २२ प्रतिशतबाट नौ प्रतिशतमा झारिसकेको छ। मुनाफा कति भइराखेको छ, राज्यलाई देखाउने कति गरिएको छरु राज्यले कति लाभांश पाउने गरेको छरु यी कुराहरू पनि छन्। त्यसकारण यी सबै कुरालाई ध्यान राख्नुपर्ने आवश्यकता एकातिर छ भने अहिले आएको १५० रोपनी जग्गाको कुरा यो सबैको सन्दर्भमा वास्तवमा सरकारकै दृष्टिकोण के हो तरु तारा गाउँ विकास समितिसँग सबै रिपोर्ट लिएर सरकारले सो सम्बन्धि धारणा बनाओस्। मन्त्रालयले के प्रश्ताव राख्न खोजिराखेको छ, त्यो पनि ल्याओस्।’

सत्तारुढ नेपाली कांग्रेसका सांसद नारायणप्रकाश ९एनपी० साउदले सरकार फेरिँदैपिच्छे दोहन गर्ने वस्तुको रुपमा सरकारी जग्गालाई उपयोग गर्ने गरिएको भन्दै आपत्ति जनाए।।

उनले जग्गा लिजमा दिने विषयमा सरकारले तत्काल कानून बनाएर अघि बढ्नुपर्ने पनि बताएका छन्।

‘यसका बारेमा हात हाल्ने हो भने दिगो र भरपर्दो किसिमले कानुन समेत सरकारलाई तुरुन्त बनाउँ। र त्यसपछि मात्रै यो कानुनमा टेकेर यो तारा गाउँ विकास समितिमा मात्रै होइन, अर्को ठाउँमा पनि सार्वजनिक जग्गा होला। कुनै संस्थाको जग्गा होला। धेरै ठाउँमा तपाईंहरुले देख्नुभयो भने कौडीको मूल्यमा नेपालका कयौं जमिनहरु बेचिएका छन्,’ साउदले भने।

सत्तारुढ नेकपा ९एमाले०का सचिव एवं पूर्वपर्यटनमन्त्री भीमप्रसाद आचार्यले हायात होटलले सरकारी जग्गा हडप्न खोजेको आरोप लगाउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारलाई सचेत गराए।

‘यसमा मन्त्रालयले स्पष्ट कार्य योजना बनाउनु पर्छ। हामीले कति महिना भित्र के काम गछौँरु भन्ने आयो भने बल्ल त्यसमा यो समितिले छलफल गर्न उपयुक्त हुन्छ। होइन भने बैठक बस्ने र त्यही पिङ मच्चाएजस्तो त्यही श्रृखंला दोहो¥याउने काम गर्नुहुन्न,’ उनले भने।

आचार्यले अघि भने, ‘बरु ३, ४ दिन समय दिने काम गरौं। सरकारले कार्ययोजना लिएर आओस्। यसमा धेरै दिन पनि लाग्दैन। किनभने हाम्रो जुन सरकारी सम्पत्ति हडप्न खोजिएको छ। त्यो फिर्ता ल्याउनुपर्छ।’

सांसदहरुले सो जग्गा घोटाला प्रकरणमा संलग्न देखिएको तत्कालीन प्रधानमन्त्री र पर्यटनमन्त्रीहरुलाई पनि छानविनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक जग्गा बेचेर कमिसन खाने प्रधानमन्त्री, मन्त्री र सम्बन्धित सबै अधिकारीहरुलाई सरकारले तत्काल छानविनको दायरामा ल्याउनुपर्ने बताए।

उनले गुठीको जग्गा, गोकर्ण रिसोर्टमा रहेको सरकारी जग्गा पनि कौडीको मूल्यमा बिक्री वितरण हुने काम गरिएको भन्दै आपत्ति जनाए।

‘सरकारी सम्पत्ति किन बेचेको होरु कमिसन खाने को होरु त्यसकारण यो विषय सभापतिज्यु कडा निर्देशन जानुपर्छ। र अर्को यसमा गुठी संस्थानको पनि यस्तै अलमल छ। गुठीको जग्गा पनि यसरी नै हिनामिना भइरहेको छ। यो गोकर्ण रिसोर्टका ३ हजार रोपनी जग्गा पनि यसरी नै गएको छ तरु,’ सुवालले भने, ‘त्यसकारण यसको छानविन हुनुप¥यो। र पहिला एउटा स्थलगत अनुगमन गर्नुप¥यो। पूर्वमन्त्रीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करको कब्जामा छ भन्ने पनि सुनियो। भनेपछि मन्त्री भएकाहरुलाई त्यो कुरा थाहा छ। मन्त्री र प्रधानमन्त्रीहरुलाई पनि यो विषयमा छानविनको दायरामा ल्याउनुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com