ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले आशा जगाउन नसक्ने संशय पैदा भएको छ : गोविन्दराज पोखरेल


एबीसी न्यूज
श्रावण २७, २०८१ आईतबार  २ : ०२ बजे

काठमाडौं २७ साउन ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले वर्तमान सरकारले सय दिनको अवधि पार नगर्दै समाजमा आशा जगाउन नसक्ने संशय पैदा भएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार बोल्ने क्रममा पोखरेलले मन्त्रिपरिषदमा पठाएका व्यक्ति, मधेश मन्त्रिपरिषद्को आकार, सरकारले गरेका नियुक्ति र व्यापक सरुवाले सरकारको आलोचना भएको बताएका हुन् ।

पार्टी बैठकमा उनले भने, ‘जनताको भावना अनुसार सुधारिएर काम नगर्ने हो भने हामीले श्रीलंका र बंगलादेशको नियति भोग्न नपर्र्ला भन्न सकिँदैन ।’

योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोखरेलले अर्थतन्त्र बाह्य क्षेत्रमा केही सुधारिएको भए पनि धेरै क्षेत्रमा सुधार हुन नसकेको बताए । ‘बैंकसँग खुद ऋण दिन सकिने रकम साढे ४ खर्बभन्दा बढी छ । तर, बढ्दो कालोसूची र न्यून लगानी वातावरणले गर्दा बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको छैन,’ पोखरेलले भने ।

नेपालमा आयकर दर छिमेकी देशको तुलनामा बढी रहेको पोखरेलले बताए । एक करोड कमाउने व्यक्तिले ३९ लाख कर तिर्नु व्यावहारिक नभएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com