ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल


एबीसी न्यूज
श्रावण २६, २०८१ शनिबार   १० : २२   बजे

लन्डन २६ साउन । बेलायतका विभिन्न क्षेत्रमा बस्ने बाग्लुङ बिहुकोटेहरुको संस्थाको साधारण सभाले नयाँ नेतृत्व चुनेको  छ ।

सोमबार बेलायतको ग्रान्थममा सम्पन्न बिहुकोट हेल्प नेटवर्क यूकेको पाँचौं महाधिवेशन तथा दशौं वार्षिक भेलाले शिव कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

१३ सदस्यीय नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष लिलाराम निउरे, उपाध्यक्ष केशव कंडेल र रामप्रसाद कंडेल तथा महासचिव राजु कंडेल छन् । त्यसैगरी, सचिवमा मुक्ति कंडेल,कोषाध्यक्षमा यामलाल कंडेल तथा सदस्यहरुमा गंगाधर कंडेल, धनकुमारी निउरे, सागर कंडेल, राजेन्द्र कंडेल, सुशिल कंडेल र सिता कंडेल चुनिएका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अमर उच्च माविका निवर्तमान प्रधानाध्यापक हरिप्रसाद कंडेलले बेलायतमा बसोबास गर्ने बिहुकोटेहरुको योगदानको उच्च मुल्यांकन गरे । उनले सधैभर एकजुट भएर समाज सेवामा लाग्न बेलायतवासी बिहुकोटेहरुलाई आग्रह पनि गरे ।

सभालाई सम्बोधन गर्दै नेटवर्कका संस्थापक अध्यक्ष, सल्लाहकार तथा निर्वाचन समितिका संयोजक दयानिधि सापकोटाले नवनिर्वाचित कार्यसमितिले विश्वव्यापी रुपमा फैलिएका बिहुकोटेहरुलाई एकजुट बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाल, ग्रान्थम नेपाली समाजका कमल भण्डारी, शान्ति नेपाली समाजका प्रवक्ता डिएन खराल, पूर्व सल्लाहकार फुल प्रसाद कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा समुदायलाई विशेष योगदान पुर्याउने संस्थापक अध्यक्ष दयानिधि सापकोटा, पूर्व अध्यक्ष प्रेम कंडेल, प्रमुख अतिथि प्राचार्य हरिप्रसाद कंडेल, एकाउन्टेट प्रकाश भट्टराई, बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाललगायतलाई सम्मान गरिएको थियो।

यसअघि नेटवर्कका अध्यक्ष गंगाप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव कंडेलले स्वागत गरेका थिए भने महासचिव कुलपति न्यौपानेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेश कंडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा शान्ति नेपाली समाजका पन्चेबाजा र कलाकार सुशिला गौतमको बेजोड सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन गरिएको कार्यक्रम संयोजक छबिलाल कंडेलले जानकारी गराए ।

२०१४ मा स्थापित बिहुकोट हेल्प नेटवर्क यूके बेलायतमा च्यारिटीमा रजिस्टर भएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहंदै आएको छ ।

106Shares
facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group