ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवदुर्गा मन्दिरमा रु एक लाखको राँगो


admin

भत्तपुर, १० साउन । यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको छ ।
महानवमीको राति ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धि प्राप्तिका लागि बलि दिन रु एक लाख पाँच हजार मूल्य परेको खम्ये ल्याइएको हो । खम्ये ठूलो, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको र शरीरमा सात चक्र भएको हुनुपर्छ ।
त्यसैगरी उमेर नपुगेको वा उमेर बढी भएको खम्ये पनि अयोग्य हुने देवगण नाइके इन्द्रबहादुर वनमालाले बताउनुभयो । महिषासुर राक्षसको प्रतीक खम्येलाई महानवमीसम्म भक्तपुर नगरपालिका–९ गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा छ । विधिवत् रुपमा नवदुर्गा द्यछें भित्र्याइएको खम्येलाई महानवमीको साँझ ब्रह्मायणीमा लैजान मात्र बाहिर निकाल्ने गरिन्छ । सो दिन खम्येलाई जाँडरक्सी खुवाउने र शरीरभरि तेल लगाएर अबिर छरी दौडाएर ब्रह्मायणी पीठ पु¥याउने गरिन्छ ।
पछिल्लो समय नवदुर्गा देवीलाई खम्ये चढाउनेको घुइँचो लाग्न थालेको छ । नवदुर्गालाई खम्ये चढाए परिवारमा सुखशान्ति प्राप्ति हुने र परिवारका शत्रु नाश हुन्छ भन्ने जनविश्वास छ । सोही मान्यतानुरुप नवदुर्गालाई खम्ये चढाउने भक्तजनको सङ्ख्या वृद्धि हुन थालेपछि आलोपालो खम्ये चढाउन पाउने व्यवस्था गरिएको वनमाला समाजका पूर्वाध्यक्ष रत्नमान वनमालाले बताउनुभयो ।
यसैअनुसार यस वर्ष भक्तपुर नगरपालिका–२ लिवाली निवासी रामभक्त प्रजापतिले नवदुर्गालाई खम्ये चढाउनुहुनेछ । प्रजापतिले देवगण नाइके इन्द्रबहादुर वनमाला गत माघ १ गते आफ्ना घरमा नवदुर्गाको प्रसाद दिन आउँदा यस वर्ष आफूले खम्ये चढाउने कुरा राखेपछि आफ्नो पालो आएको जानकारी बताउनुभयो । खाद्यान्न व्यापारी प्रजापतिले सो खम्ये भक्तपुर–१० ब्रह्मायणीका हर्षनारायण कोजूसँग खरिद गरी ल्याउनुभएको हो ।
खम्ये खरिद गर्नुअघि तलेजु मन्दिरका पदाधिकारीको सहभागितामा खम्येको अवलोकन गरिन्छ । सोही स्थानबाट खम्येलाई झिँगा र लामखुट्टेले नटोकून् भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने गरिन्छ । देवगृहमा भित्र्याइएपछि खम्ये जसले नवदुर्गाको किलामा बाँध्छ, त्यसले नै किलाबाट खोल्ने र आफैँ ब्रह्मायणी पीठमा गई बलि दिने प्रचलनसमेत रहेको छ ।
खम्येलाई दौडाएर ब्रह्मायणी पु¥याउने परम्परालाई स्थानीय भाषामा खम्ये व्वाकेगु जात्रा (राँगो दौडाउने जात्रा) भनिन्छ जुन विजयादशमीका अवसरमा भक्तपुरमा मनाइने एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।
महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा आउने हुँदा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोकमान्यतानुरुप सो दिन खम्ये बलिपूजा गरी जात्रा मनाइने इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
महाष्टमी र महानवमीमा बध गरिएका निकुथु र खम्येको मासुका टुक्रा प्रसादका रुपमा घर लगी सुकुटी बनाई धुलो पारेर घिउमा मुछी धुप बनाइन्छ र लक्ष्मीपूजाको दिन बाल्ने चलन छ । सो धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले वास गर्ने आदि जनविश्वास छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com