ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेष अनुदान र ससर्त अनुदानमा मिचियो कार्यविधि


एबीसी न्यूज

काठमाडौं २२ साउन । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले विशेष अनुदान र ससर्त अनुदानसम्बन्धी कार्यविधि मिचेर रकम वितरण गरेको विशेष संसदीय छानबिन समितिले औँल्याएको छ । विशेष संसदीय छानबिन समितिले अर्थ मन्त्रालयले अनुदान वितरणमा तर्जुमा गरेको विशेष अनुदान र ससर्त अनुदानसम्बन्धी कार्यविधि मिचेको ठहर गरेको हो । समितिको प्रतिवेदनमा अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९र८० मा स्थानीय तहलाई प्रदान गरेको ससर्त र विशेष अनुदान कार्यविधि मिचेर तोकिएको रकमको सीमाभन्दा कम रकम विनियोजन गरेको उल्लेख छ । यसरी कार्यविधि मिचेर काम गर्दा आर्थिक सुशासन कमजोर हुने र प्रदेश सरकारको लगानीसमेत उपलब्धिमूलक नहुने प्रतिवेदनमा जनाइएको छ ।

मधेश प्रदेश सभाको २०८० साल असार २६ गते बसेको ३१ औँ बैठकले मधेश प्रदेश सरकारको कार्यक्रम छानबिन गरी प्रदेश सभामा प्रतिवेदन पेस गर्ने गरी विशेष संसदीय छानबिन समिति २०८० गठन गरेको थियो । १० सदस्यीय सो समितिको पहिलो बैठकले प्रदेश सभा सदस्य उपेन्द्र महतोलाई समितिको सभापतिमा चयन गरिएको थियो ।

समितिका सभापति महतोले प्रदेश सभाको बैठकमा आइतबार पेस गर्नुभएको २२ पृष्ठको प्रतिवेदनमा अर्थ मन्त्रालयले निर्णय नै नगरी ससर्त अनुदानको रकम कतिपय स्थानीय तहमा पठाएको छ भने कतिपय स्थानीय तहलाई निर्णय गरेका योजनासमेत नपठाएको उल्लेख गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालयले आवको अन्तिम महिनामा समेत बजेट रकमान्तर गरेको भन्दै यसबाट सम्पादित कार्यको गुणस्तर नहुने र उपलब्धिसमेत गुम्ने जनाएको छ ।

यसै गरी ससर्त अनुदान वितरणमा प्रदेश सरकारबाट स्थानीय तहलाई असन्तुलित रकम हस्तान्तरण गर्नुले विञ्ीय सङ्घीयता कमजोर हुनुका साथै प्रदेशका स्थानीय तहको सन्तुलित एवं समन्यायिक विकासमा बाधा पु(याउने ठहर गर्दै स्थानीय तहलाई ससर्त अनुदान हस्तान्तरण गर्दा प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन २०७५ बमोजिम गराउन सुझाव दिएको छ ।

मधेश प्रदेशका अर्थ मन्त्रालयले कतिपय स्थानीय तहले पत्र पठाएर ससर्त अनुदान माग गर्दासमेत ससर्त अनुदान उपलब्ध नगराएको र अन्य स्थानीय तहरपालिकाले माग गरेको अनुदान कार्यक्रमरयोजनाभन्दा भिन्न शीर्षकमा अनुदान गएकाले स्थानीय तहलाई सामान रूपले अनुदान दिन उपयुक्त हुने प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा आवको बिचमा नयाँ योजना तथा कार्यक्रम मन्त्रालयले स्वीकृत गरी थप बजेट माग गर्ने परिपाटी बजेटको सिद्धान्तविपरीत रहेको ठम्याउँदै संसद्ले अनुमति दिएको भन्दा फरक र नयाँ कार्यक्रम बजेट विनियोजन गर्नु कानुनी हिसाबले गलत रहेको हुँदा अति आवश्यक योजना तथा कार्यक्रम छनोट र बजेट विनियोजन गर्नुपर्दा प्रदेश सभाबाट स्वीकृत गराई कार्यान्वयन गराउन भनिएको छ ।

यसै गरी मन्त्रालयहरूले आफ्नो अधिकारभन्दा बाहिर गएर प्रतिष्ठान, आयोग र बोर्डहरूलाई रकम रकमान्तर गरी पठाएकाले सरकारको सञ्चित कोषबाट बाहिर गएर रकम खर्च हुने प्रवृत्ति बढ्नुका साथै रकमको सदुपयोग हुने सम्भावना कम रहेको जनाएको छ । तत्कालीन उद्योग, पर्यटन तथा वन मन्त्रालयमा निजी सचिवालयको लेटर प्याड दुरुपयोग गरेर सोही पत्रको आधारमा मन्त्रालयले निर्णयसमेत गरेको पाइएको बताइएको छ ।

सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ को विपरीत अर्थ मन्त्रालयमा दर्ता नै नभईकन रकमान्तरसम्बन्धी निर्णय गर्नुका साथै दर्ता हुनुअघिको मितिमा नै निर्णयसमेत भएको प्रतिवेदनमा जनाएको छ । समितिले आव २०७९र८० को कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकार अर्थ मन्त्रालयले मधेश प्रदेशका स्थानीय तहलाई वितरण गरेको विभिन्न अनुदान र विभिन्न मन्त्रालय तथा निकायमा गरिएको रकमान्तरसम्बन्धी विषयको छानबिन गर्न समितिको अध्ययन कार्य क्षेत्र तोकिएको थियो ।

समितिले प्रदेश सरकारका मन्त्रालय, निकायहरूले गरेको निर्णय, कागजातको अध्ययन, सम्बन्धित पदाधिकारी कर्मचारीसँगको सोधपुछ, प्रदेश लेखा नियन्त्रणको कार्यालयको आव २०७९र८० को कार्यक्रमसम्बन्धी सम्पूर्ण आर्थिक विवरणको अध्ययन, महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन, मन्त्रालयका मन्त्रीहरूसँग सोधपुछ गरेका आधारमा प्रतिवेदन तयार गरिएको समितिका सभापति महतोले बताउनुभयो । सो आवमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीको नेतृत्वमा अर्थमन्त्री सञ्जयकुमार यादव हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com