ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुनजन्य विपदः हालसम्म १५० को मृत्यु, १७७ घाइते


एबीसी न्यूज
श्रावण २०, २०८१ आईतबार  ५ : २२ बजे

काठमाडौं, २० साउन । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो । उनका अनुसार बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा २६, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्प्रदेशमा पाँच गरी जम्मा आजसम्म एक सय आठजनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनले भने, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएको र उनीरुको खोजी जारी छ ।”

बाढीको कारण आज दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ५९ घर, ९५ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिराबाट सात सय ४३ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com