काठमाडौं १५ साउन । राजदूत सिफारिस समावेशी नभएको भन्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पारियारले मन्त्रिपरिषद्ले १९ राजदूत सिफारिस गर्दा संविधानको व्यवस्था बमोजिम नभएको भन्दै प्रश्न उठाएका हुन् ।
संविधानको धारा २८२ र २८३ सरकारले पालना नगरेको भन्दै सांसद जीवन परियारले प्रश्न उठाएका हुन् । हिजोमात्र नेपाल सरकारले मन्त्रिपरषद्बाट एउटा निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन रु म सरकारसँग जोडदार माग गर्न चाहन्छु, परियारले भने ।
संविधानको धारा २८२ मा समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने व्यवस्था छ । त्यस्तै, संविधानको धारा २८३ मा संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने उल्लेख छ ।
रास्वपा सांसद अशोककुमार चौधरीले पनि राजदूत र प्रदेश प्रमुख नियुक्ति समावेशी सिद्धान्तका आधारमा नभएको बताए । सरकारले राजदूत र प्रदेश प्रमुख नियुक्त गर्दा दलित, मधेसी, थारु, मुस्लिम, सिमान्तकृत र पिछडिएको क्षेत्रबाट नगर्नु दुःखद् भएको बताए । समावेशी सिद्धान्तलाई पालना नगरी संविधान मिच्ने काम भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्