काठमाडौं १३ साउन । लेबनानबाट आएको रकेटले शनिबार इजरायली नियन्त्रित गोलान हाइट्सको फुटबल मैदानमा खस्दा कम्तिमा १२ जनाको ज्यान गएको छ । मृतकहरुमा अधिकांश किशोर र बालबालिका रहेको इजरायली सेनाले जनाएको छ। महिनौंको वैमनस्यतामा इजरायलको उत्तरी सीमापारबाट भएको यो सबैभन्दा घातक आक्रमण थियो । यो आक्रमणपछि द्वन्द्व बढ्ने डर खडा गरेको छ ।
इजरायली अधिकारीहरूले राजनीतिक रूपमा शक्तिशाली लेबनानी सशस्त्र समूह हेजबुल्लाहलाई गुप्तचर जानकारी उद्धृत गर्दै रकेट प्रहार गरेको आरोप लगाएका छन्। हेजबुल्लाहले भने जिम्मेवारी अस्वीकार गऱेको छ। तर त्यो समूहले शनिबार उत्तरी इजरायलमा धेरै मिसाइल प्रहार गरेको भने बताएको छ ।

महिनाौँदेखि, हातहयिारले सुसज्जित हिजबुल्लाहले हमाससँगको एकतामा इजरायलमा हजारौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएको छ । उसको अक्रमणका कारण दशौँ हजार इजरायलीहरू आफ्नो घर खाली गर्न बाध्य भएका छन्। इजरायलले सीमा नजिकका विनाशकारी सहरहरूबाट ९०००भन्दा बढीलाई उत्तरबाट भाग्न बाध्य पारेको छ । ५०० भन्दा बढी मानिसहरू मारिएको न्युयोर्क टाइम्सले जनाएको छ ।
सन् २००६ मा इजरायल र हेजबुल्लाहबिचको लेबनान युद्धको क्रममा इजरायली सहर नाजरेथमा आतङ्कवादी समूहले प्रहार गरेको रकेटका कारण दुई अरब बालबालिकाको मृत्यु भएको थियो। नस्रल्लाहले पछि सार्वजनिक रूपमा माफी मागेका थिए ।
शनिबारको आक्रमण पछि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आपतकालीन सुरक्षा बैठक गरेका थिए । नेतान्याहु राष्ट्रपति बाइडेन र पुनः राष्ट्रपति पदका लागि दौडिरहेका ट्रम्पसँगको भेटका लागि विगत केही दिनदेखि संयुक्त राज्य अमेरिकामा छन्।
यो आक्रमणपछि नेतान्याहुको कार्यालयले उनलाई छिटो फकिर्न निर्देशन दिएको बताएको छ।
‘इजरायलले यसलाई चुपचाप सहने छैन’, नेतान्याहूले एक अमेरिकाबाटै विज्ञप्तिमा मार्फत भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्