ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्वको सुरक्षा चुनौती


एबीसी न्यूज

काठमाडौं १० साउन । विश्वको सर्वाधिक शक्तिशाली मुलुक अमेरिकाको राजनीतिमा हिंसा गम्भीर चिन्ताको विषय बनेको छ । अमेरिकाका प्रत्येक नागरिकलाई बन्दुक राख्न पाउने कानुनी छुटको व्यापक दुरुपयोगले बारम्बार राजनीतिकलगायत आमहिंसाका घटनामा ज्यान जाने वा घाइते हुने व्रmम रोकिएको छैन । आमनागरिकले बन्दुक राख्न पाउने व्यवस्था हटाउनु पर्छ भनी बारम्बार आवाज उठे पनि कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा बर्सेनि गोली प्रहारबाट जनधनको क्षति भएको छ ।

अमेरिका चुनावी वर्षमा छ । यसै वर्षको नोभेम्बर ५ मा त्यहाँ राष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारूढ डेमोव्रmेटिक पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति जोए बाइडेन र प्रमुख विपक्षी रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबिच प्रतिस्पर्धा हुने ठानिएको थियो तर पार्टीभित्र र बाहिरबाट उम्मेदवारी फिर्ता लिन चर्को दबाब परेपछि ८१ वर्षीय बाइडेनले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । उहाँले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने बताउनुभएको छ । पार्टीले भने कमलालाई उम्मेदवार बनाइसकेको छैन । ७८ वर्षीय ट्रम्प भने आव्रmामक शैलीमा चुनावी अभियानमा जुट्नुभएको छ ।

यसै व्रmममा पेन्सिलभेनियाको चुनावी ¥यालीलाई सम्बोधन गरिरहेकै बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भयो । जुलाई १३ मा भएको सो घटनामा उहाँ सामान्य घाइते हुनुभयो । उहाँको दाहिने कानमा गोली लाग्यो । सोही घटनामा अन्य एक जनाको ज्यान गयो भने दुई जना घाइते भए । लगत्तै गोली हान्ने स्थानीय २० वर्षीय युवक टामस म्याथ्यु व्रmुक्स सुरक्षा कारबाहीमा मारिए ।

राष्ट्रपति बाइडनले ट्रम्पमाथि गोली प्रहार भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राजनीतिलाई ‘रणभूमि’ वा ‘हत्याको मैदान’ बनाउनु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीति कहिल्यै पनि रणभूमि बन्नु हुँदैन ।” अमेरिकालाई एकताबद्ध हुन र राजनीतिक मतभिन्नता शान्तिपूर्वक मतपेटिकाबाट टुङ्ग्याउन बाडइेनले आग्रह गर्नुभयो ।

गोली लागे पनि कत्ति पनि विचलित नहुनु भएका ट्रम्पको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेलगत्तै चुनावी अभियानलाई निरन्तरता दिनुभएको छ । यो घटनाबाट चुनावी अभियान नरोकिने भन्दै उहाँले आमजनसमुदायलाई एकताबद्ध भई हिंसाको प्रतिवाद गर्न आह्वान गर्नुभयो । अमेरिकाको सङ्घीय जाँच ब्युरो ९एफबिआई० ले हत्या गर्ने उद्देश्यका साथ ट्रम्पमाथि गोली प्रहार भएको र संयोगले मात्र उहाँ बाँच्नुभएको भन्दै घटनाको अनुसन्धान सुरु गरेको छ । व्रmुसले छ महिनाअघि आफ्ना पिताले किनेको राइफलबाट ट्रम्पमाथि गोली चलाएको अनुसन्धानका व्रmममा खुल्न आएको छ ।

सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएको अमेरिकामा सन् १७८९ मा जर्ज बासिङ्टन पहिलो राष्ट्रपति बनेयता हालसम्म चार जना राष्ट्रपतिको गोली हानी हत्या गरिएको छ । यसरी हत्या गरिने राष्ट्रपतिहरूमा अब्राहम लिङ्कन, जेम्स ए गेरफिल्ड, विलियम म्याक्किन्ले र जोन एफ केनेडी हुनुहुन्छ । हत्या प्रयासमा बाँचेकाको सूचीमा ट्रम्पसमेत कैयौँको नाम छ ।

सन् १८६५ को अप्रिल १४ मा वासिङ्टन डिसीस्थित फोर्डज थियटरमा लिङ्कनको गोली हानी हत्या भयो । जोन विल्क्स बुथ नाम गरेका व्यक्तिले उहाँमाथि गोली प्रहार गरेका थिए । गोली हानेपछि लुक्दै हिँडेका बुथ १२ दिनपछि भर्जिनियामा फेला परेका थिए । युनियन आर्मी सोल्जरले बुथको त्यहीँ गोली हानेर हत्या गरेको थियो । लिङ्कनले अमेरिकाको संविधानबाट दास प्रथा हटाएर सबैलाई स्वतन्त्र बनाउनुभएको थियो । त्यसका साथै, उहाँकै विवेकसम्मत निर्णयका कारण गृहयुद्धका कारण विभाजनको सँघारमा पुगेको अमेरिका एकीकृत नै रह्यो । सङ्घीय सरकारलाई बलियो बनाउन र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न लिङ्कनको ठुलो भूमिका थियो ।

सन् १८८१ को जुलाई २ मा वासिङ्टन डिसीको रेल्वे स्टेसनमा जेम्स ए गेरफिल्डमाथि गोली हानियो । सत्ता समालेको छ सातामा उहाँमाथि गोली हानिएको थियो । उहाँको काँध र पिठिउँमा दुई वटा गोली लागेको थियो । गोली लागेको घाउमा सङ्व्रmमण भएर ११ हप्तापछि उहाँको निधन भयो । आफूलाई फ्रान्सको राजदूत नबनाएको झोकमा गेरफिल्डलाई गोली हानेको उहाँको हत्यारा चाल्र्स जे गिटो सुरक्षा कारबाहीमा मारिएका थिए ।

सन् १९०१ को सेप्टेम्बर ६ मा न्युयोर्कमा आयोजित एक मेलामा राष्ट्रपति विलियम म्याक्किन्लेमाथि गोली हानियो । उहाँको पेटमा गोली लागेको थियो र गोली लागेको आठ दिनपछि उहाँको निधन भयो । उहाँलाई लिओन जोल्गोसले गोली हानेका थिए । यो घटना भएको एक महिनापछि उनलाई मृत्यु दण्ड दिइयो ।

टेक्ससको डल्लासमा पत्नी ज्याकीको साथमा छाना नभएको कारमा सवार भएर गइरहेको समयमा राष्ट्रपति जोन एफ केनेडीको १९६३ नोभेम्बर २२ मा हत्या गरिएको थियो । केनेडीलाई लि हार्भे ओसल्डले गोली हानेका थिए । केनेडीको टाउको र पिठिउँमा दुई वटा गोली लागेको थियो । गोली लागेको एक घण्टापछि नजिकैको अस्पतालमा उहाँको निधन भयो । ओसल्ड एक्लैले केनेडीको हत्या गरेको अनुसन्धानले देखाएको थियो ।

सन् १९८१ मार्चमा राष्ट्रपति रोनाल्ड रेगन हत्या प्रयासमा घाइते बन्नुभयो । वासिङ्टन डिसीमा एक होटल बाहिर रेगनमाथि जोन हिन्क्ले जुनियरले गोली प्रहार गरेका थिए । यो रेगनले कार्यभार समालेलगत्तैको घटना हो । यस घटनामा रेगनका प्रेस सचिव जेम्स ब्रैडी गम्भीर घाइते हुनुभयो । सन् १९८७ मा लुइजियानामा रिपब्लिकनको महाधिवेशनमा पनि आफूलाई कसैले गोली हानेको रेगनले बताउनुभयो । उहाँले आफूलाई गोली हानी मार्न खोजेको तर आफू बचेको अभिव्यक्ति दिनुभएको थियो ।

राष्ट्रपति थिओडोर रुजवेल्ट सन् १९१२ मा फेरि राष्ट्रपति बन्ने चुनावी दौडमा हुनुहुन्थ्यो । मिलवाकीमा भाषण गर्न जाँदा एक सैलुन अपरेटरले उहाँलाई गोली हाने तर उहाँ यो आव्रmमणबाट बच्न सफल हुनुभयो । राष्ट्रपति ह्यारी ट्रुमनलाई सन् १९५० मा पोर्टो रिकन राष्ट्रवादीले ह्वाइट हाउस अगाडि गोली हानेका थिए तर उहाँ बाँच्न सफल हुनुभयो ।

सन् १९७२ मा अलाबामाका गभर्नर जर्ज वालेस, जो तेस्रो पटक राष्ट्रपतिका लागि प्रचारमा हुनुहुन्थ्यो । यस व्रmममा वासिङ्टन डिसी बाहिर उहाँलाई गोली हानियो । आव्रmमणका कारण उहाँको कम्मरदेखि तलको हिस्सा पक्षाघात भयो ।

सन् १९७५ को सेप्टेम्बरमा क्यालिफोर्नियामा राष्ट्रपति गेराल्ड फोर्डमाथि दुई पटक आव्रmमण भयो तर दुवै पटक उहाँ सकुशल उम्कनुभयो ।

सन् २००५ मा जर्जियाको टिबिलिसीमा भाषण दिइरहेका बेलामा राष्ट्रपति जर्ज डब्लु बुसमाथि पनि आव्रmमण भएको थियो । यो घटनामा उहाँको स्टेजमा ग्रेनेड प्रहार भएको थियो । सन् १९७२ राष्ट्रपतिका उम्मेदवार जर्ज वालेस गोली लागेपछि प्यारालाइसिसको सिकार हुनुभएको थियो ।

राष्ट्रपतिको उम्मेदवार नभए पनि ठुलो राजनीतिक शक्ति भएका काला जातिका नेता मार्टिन लुथर किङ जुनियरको पनि गोली हानी हत्या भयो । सन् १९६८ मा भएको यो घटना अमेरिकाको इतिहासमा एउटा भयानक क्षण थियो । सन् १९९४ मा बिल क्लिन्टन राष्ट्रपति छँदा ह्वाइट हाउसमै गोली चलेको थियो तर उहाँ सकुशल उम्कनुभयो ।

अमेरिकामा सर्वसाधारणदेखि राष्ट्रपतिसम्म कोही पनि बन्दुक आतङ्कबाट सुरक्षित छैनन् । बन्दुक आतङ्क रोक्न विभिन्न प्रयास गरिए पनि सफल हुन सकेको छैन ।

केही वर्षअघि अमेरिकाको मेरिल्यान्डस्थित क्यापिटल गजेट पत्रिकाको कार्यालयमा बन्दुकधारीको आव्रmमणमा पाँच जना पत्रकार मारिए भने केही घाइते भए । फाउन्टेन हिल्स सहरमा आफूलाई वृद्धाश्रममा लैजान लागेको थाहा पाएपछि ९२ वर्षीया वृद्धा आमाले ७२ वर्षीय छोराको गोली हानी हत्या गरिन् । यसअघि फ्लोरिडास्थित एक विद्यालयमा भएको गोलीकाण्डमा शिक्षक र विद्यार्थी गरी १७ जना मारिए । यी घटनासँगै बन्दुुक नियन्त्रण गर्नुपर्ने आवाज फेरि चर्को रूपमा उठ्यो । राजधानी वासिङ्टन डिसीलगायत आठ सय स्थानमा लाखौँको सङ्ख्यामा विद्यार्थीले विरोध प्रदर्शन गर्दै बन्दुक नियन्त्रण गर्न माग गरे ।

फ्लोरिडाको घटनापछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बन्दुकमा प्रयोग गरिने बम्प स्टक ९एक प्रकारको अत्याधुनिक उपकरण० लाई अवैधानिक घोषणा ग¥यो । स्वचालित बन्दुकमा प्रयोग गरिने त्यस्तो उपकरण अर्ध स्वचालित बन्दुकमा जडान गरेपछि धेरै गोली भण्डारण गर्न मिल्नुका साथै त्यसबाट मिनेटमै सयौँ राउन्ड फायर गर्न सकिन्छ । सेमी असल्ट राइफलमा प्रयोग गरिने यस्ता बम्प स्टकका कारण अमेरिकामा सामूहिक गोलाबारी हुने गरेको छ । लस भेगासमा यस्तै उपकरण जडित राइफल प्रयोग गरेर सामूहिक गोलाबारी भएको थियो जसमा ६० जनाको ज्यान गएको थियो भने पाँच सय जना घाइते भएका थिए ।

अमेरिकाको क्यालिफोर्नियास्थित एक सामाजिक गृहमा स्थानीय मुसलमान दम्पतीले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गर्नुका साथै २१ जनालाई घाइते बनाएको घटना पछाडिको रहस्योद्घाटन सँगसँगै अमेरिकाभर ठुलो आतङ्क छायो । हत्याकाण्डमा संलग्न दम्पती इस्लामिक उग्रवादी समूह आइएस स्टेटका अनुयायी भएको खुलासा भयो । सो हत्याकाण्डलगत्तै दुवै जना प्रहरीको कारबाहीमा मारिए । आइएस स्टेटले आफ्नो आग्रहमा अमेरिकामा आव्रmमण गरेको भन्दै दुवै जना सहिद भएको दाबी ग¥यो । यसबारे अनुसन्धान गरिरहेको अमेरिकी सङ्घीय जाँच ब्युरो ९एफबिआई०ले दुवै जना इस्लामिक उग्रवादी विचारबाट प्रभावित भई सो आव्रmमण गरेको प्रमाण फेला परेको दाबी ग¥यो ।

अमेरिकामा त्यहाँका नागरिकको आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउने कानुनी अधिकारको व्यवस्था गरिएको छ । यो अधिकारको दुरुपयोग हुँदा बन्दुक नै अहिले सार्वजनिक सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ । बन्दुकधारीले त्यहाँका स्कुल, व्याम्पस, अस्पताल, सामाजिक संस्थामा बारम्बार अन्धाधुन्ध गोली प्रहार गरी सामूहिक हत्या गर्ने र धेरैलाई घाइते बनाउने व्रmम बढ्दै गएको छ । बन्धुकधारीको आव्रmमणबाट त्यहाँ बर्सेनि हजारौँ निहत्था मानिसको ज्यान जानुका साथै हजारौँ घाइते हुने गरेका छन् । बन्दुकको दुरुपयोग रोक्न अमेरिकी सरकारले विभिन्न कदम चाल्दै आए पनि सफलता पाउन सकेको छैन ।

अठारौँ शताब्दीदेखि नै बन्दुकको दुरुपयोग गरी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दै सामूहिक हत्या गर्ने व्रmम सुरु भएको हो । अमेरिकाका ५० वटै राज्यका बासिन्दा बन्दुक आतङ्कबाट पीडित छन् । बन्दुक व्यक्तिको हातबाट हटाएर राज्यको नियन्त्रणमा लिनु पर्छ भन्ने बहस हुँदै आएको पनि छ तर यसले सार्थक रूप लिन सकेको छैन ।

एक तथ्याङ्क अनुसार अमेरिकामा हरेक वर्ष बन्दुकबाट ३० हजार मानिस मारिन्छन् । त्यहाँको जनसङ्ख्या ३२ करोड रहेकोमा प्रहरी र सर्वसाधारणसँग गरी ३७ करोड बन्दुक छन् । वर्षमा हुने ६० लाख अपराधका घटनामध्ये छ लाख घटना बन्दुकको प्रयोगबाट हुने गरेको छ । हरेक वर्ष एक लाखमा औसत १० जनाको गोली लागेर मृत्यु हुन्छ । हरेक वर्ष ५५ लाख निजी हतियार बनाइन्छ । ९५ प्रतिशत हतियार देशभित्रै खपत हुन्छ । हतियार खरिद गर्ने मानिसको न्यायिक रेकर्ड उपलब्ध हुँदैन ।

यति घटना हुँदाहुँदै पनि अमेरिकामा आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउनु पर्छ भन्नेहरूको जमात ठुलो छ । एफबिआईका अनुसार त्यहाँ २८ करोड ३० लाख बन्दुक निजी व्यक्तिका हातमा रहेका छन् । निजी व्यक्तिले बन्दुक राख्न पाउने भएकाले बर्सेनि यस्ता बन्दुकको उत्पादन र बिव्रmीवितरण पनि उल्लेख्य रूपमा हुने गरेको छ । त्यहाँ बन्दुकको ठुलो आर्थिक कारोबार हुने भएकाले सो कारोबारमा संलग्न व्यक्ति तथा समूह साथै बन्दुकका पारखीका कारण बन्दुक नियन्त्रण गर्ने कार्य त्यहाँ असम्भव जस्तै बनेको छ ।

तत्कालीन राष्ट्रपति बाराक ओबामाले आफ्नो दुई कार्यकालमा बन्दुक आतङ्क नियन्त्रण गर्न निकै प्रयास गर्नुभयो । उहाँले संविधानमा संशोधन गरी नयाँ कानुन नै बनाएर बन्दुक नियन्त्रण गर्नु पर्छ भनी संसद्का दुवै सदनमा बहससमेत गराउनुभयो तर सफलता पाउन सक्नुभएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com