ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको जवाफमा वर्षमानको नियमापत्ति, सभामुखको रुलिङ


एबीसी न्यूज
श्रावण ७, २०८१ सोमबार  ३ : ०२ बजे

काठमाडौं ७ साउन । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन दिएका छन् ।

सोमबार प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए । उनले सरकारले बजेटमा घोषणा गरेको गण्डकी त्रिभुज आयोजना अन्तर्गत बुटवल, पोखरा राजमार्ग दुई लेन बनाउने भनिएको तर त्यो काम कहिले सुरु गरेर कहिले सक्ने लक्ष्य छ भनेर सोधे ।

त्यस्तै उनको दोस्रो प्रश्न थियो– आँधीखोला उच्च बाँध आयोजनाको वर्तमान अवस्था के छ र कहिलेदेखि सुरु गर्ने तयारी छ रु

उनको तेस्रो प्रश्न थियो, –गैरकानुनी कारोबार अन्त्य गर्न सरकारको तयारी के छ रु

त्यसपछि जवाफ दिन सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा बोले ।

उनले आफूले उद्योगीले विद्युत महसुल तिर्नुपर्दैन नभनेको तर संसदमा यस विषयमा प्रश्न उठाएको भन्दै आपत्ति जनाए । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सुरु नहुँदै शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले डेडिकेटेड र ट्रकलाइन विवादमा प्रधानमन्त्रीले संसदमा झुटो बोलेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा जथाभावी प्रश्न सोध्न नहुने भन्दै मर्यादा ख्याल गर्न आग्रह गरे । ‘हामी गरिमामय संसदमा छौं । हामी जनताले छानेर पठाएका सांसदले त्यस हैसियतमा बोल्नुपर्छ । कहिले सुन होइन पित्तल चढाएको छ भनेको छ, कहिले अनेकथरि फोटा छपाएको छ, अनेक गरेको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन, सत्य कुरा गर्न सिक्नुपर्छ’, ओलीले भने ।

प्रधानमन्त्री त्यतिमै रोकिएनन्, उनले आफूमाथि झुटा लाञ्छना लगाइएको भन्दै संसदमा हल्काफुल्का विषय, झुटा र पूर्वाग्रहीपूर्ण कुरा उठेको भन्दै सभामुखको ध्यानाकर्षयण गराए ।

‘सभामुख महोदय, मेरो निवेदन यो गरिमामय सदन सदनजस्तै होस्, हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल यहाँ उठेका विषय, यहाँ उठेका प्रश्न यति हल्काफुल्का झुटा पूर्वाग्रहीपूर्ण हुनुहुँदैन । सुन भनेर पित्तल चढायो भनेजस्ता हावादारी कुरा यस गरिमामय संसदमा नगरियोस्’, उनले भने ।

प्रधानमन्त्रीले यति भनेपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गरे । सभामुखले समय दिएपछि उनले सोधे, ‘प्रधानमन्त्रीले कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गर्नुपर्छ होला, उहाँ प्रश्न उत्तरमा हुनुहुन्छ ।’

त्यसपछि सभामुखले भने, ‘माननीय ज्यू आसनग्रहण गरौं, मैले त्यतै लान कोशिस गरिरहेको छु ।’

तर प्रधानमन्त्रीले आफू प्रश्नोत्तरमै रहेको र उठेका प्रश्नको जवाफ दिइरहेको जवाफ दिए । त्यसपछि संसदमा केही होहल्ला पनि भयो, एमाले प्रमुख सचेतक महेश बर्तौला पनि उठेर सभामुखसँग समय मागे । तर सभामुखले कसैलाई समय दिएनन् ।

उनले माओवादी सांसद पुनलाई बस्न आग्रह गरे र प्रधानमन्त्रीलाई भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’

प्रधानमन्त्री ओलीले भने आफू विषयमा नै केन्द्रित रहेको बताए ।

‘सभामुख महोदय म विल्कुल विषय केन्द्रित छु । संसदमा उठेका प्रश्नहरुको लिखितको जवाफ दिनुपर्ने त्यो भन्दा अगाडि अलिखित नै बीचमा, बाटैमा नै आइपुग्यो । त्यसकारण यसो नगरौं भन्ने मात्र मेरो आग्रह हो’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com