ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा झन् चर्कियो आन्दोलन, मृतकको संख्या २५ पुग्यो


एबीसी न्यूज
श्रावण ४, २०८१ शुक्रबार  १ : २४ बजे

काडमाडौं ४ साउन । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ ।

हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् ।

प्रदर्शनकारीहरुले सरकारी नोकरीमा आरक्षण हटाउन माग गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानविरुद्ध मुक्तियुद्ध लडेका सैनिकका छोराछोरीहरुलाई आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै केही दिन अगाडि विश्वविद्यालयका विद्यार्थीहरुले विरोध सुरु गरेका थिए । त्यही विरोध बढ्दै गएर हिंसाको रुप लिएको हो ।

बुधबार प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेकी थिइन् । उनले प्रदर्शनकारीको उचित माग सम्बोधन गर्ने आश्वासन दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी थिइन् ।

उनले सम्बोधन गरेको भोलिपल्ट नै आन्दोलन झन् चर्किएको छ । उनीहरुले विहीबार बंगलादेश बन्द आह्वान गरेका थिए । बिहीबार राति विभिन्न ठाउँमा हिंस्रक प्रदर्शन पनि भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वोने कानिङ गुम्बा कागबेनीमा उद्घाटन (फोटो फिचर)

प्रचण्ड-माधवको नयाँ अपील: बहुमत सुनिश्चित हुँदैछ, घात गर्नेहरूलाई तत्काल कारबाही!

सम्बन्धित

प्रचण्ड-माधवको नयाँ अपील: बहुमत सुनिश्चित हुँदैछ, घात गर्नेहरूलाई तत्काल कारबाही!

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

डिजिटल नेपालतर्फ राजनीतिक प्रतिस्पर्धा — गगन थापाको डिजिटल गभर्नेन्स प्रस्ताव कति सम्भव ?

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com