ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके सीमाको भारतीय भूमिमा मोटरसाइकल दुर्घटनाः ३ नेपालीको मृत्यु


एबीसी न्यूज
असार २७, २०८१ बिहीबार   ९ : ५७   बजे

 

 

नेपालगञ्ज २७असार । बाँकेको सीमानजिक भारतीय भूमिमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ।

रा ४ प ७६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका– १ का बनुवा नाका निवासी ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय लालबहादु बेसोउटी र २८ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो।

बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको श्रीवस्ती जिल्लास्थित बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर भन्ने ठाउँमा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा भारतीय अस्पतालमै मृत्यु भएको हो,’ खड्काले भने, ‘मृतक परिवारलाई क्षतिपूर्तिका विषयमा हामीले भारतीय प्रहरीसँग थप समन्वय गरिरहेका छौँ।’

दुर्घटनाको विषयमा भारतीय प्रहरीले बाँके प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

‘दुर्घटनामा नेपालीको मृत्यु भएको जानकारी हामीले पाएका छौँ। तर, विस्तृत विवरण आइसकेको छैन,’ डाँगीले नेपालखबरसँग भने।

गाउँपालिका प्रवक्ता खड्काले भने उनीसँग घरायसी सामान किन्न भारतीय बजारमा गएको बेला दुर्घटनामा परेको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group