ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय व्यवसायले मोदी ३.० बाट के अपेक्षा गर्छ ? :दि इकोनोमिष्ट


एबीसी न्यूज
असार १, २०८१ शनिबार   ८ : ०४   बजे

इन्डिया इङ्कका लागि एक दलीय शासनको मूल्य कति छ ? आम चुनावको नतिजामा बजारको प्रतिक्रियालाई हेर्दा, यो आँकडा लगभग ४०० अर्ब डलर बराबर छ।

इन्डिया इङ्कका लागि एक दलीय शासनको मूल्य कति छ ? आम चुनावको नतिजामा बजारको प्रतिक्रियालाई हेर्दा, यो आँकडा लगभग ४०० अर्ब डलर बराबर छ। जुन ४ मा मुम्बई–सूचीबद्ध स्टकहरूले गुमाएको कुल बजार मूल्य यही हो । जब यो बाहिर आयो एक्जिट पोलले भविष्यवाणी गरेझैँ ठुलो बहुमत प्राप्त गर्नुको सट्टा नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टी (बिजेपी) लाई सरकार बनाउनका लागि गठबन्धन साझेदारहरू अनिवार्य भयो ।

लगानीकर्ताहरूको आतङ्क अल्पकालीन साबित भयो। मोदीले आफ्नो व्यापार–समर्थक आर्थिक एजेन्डाप्रति सहानुभूति राख्ने गठबन्धनलाई तुरुन्तै कायम गर्न सफल भएपछि जून १० सम्ममा मुम्बई एक्सचेन्जले आफ्ना सबै नोक्सानीहरूमा कमव्याक गरेको थियो । अघिल्लो दिन मोदीले तेस्रो पटक प्रधानमन्त्रीको रूपमा शपथ लिँदा कर्पोरेट इन्डियाका ‘हू इज हू’ले राष्ट्रपति भवनमा उनको स्वागतमा वाहवाही गरे। मोदी ३.० भारतीयहरूले नयाँ सरकारलाई पनि धेरै हदसम्म पहिलेका दुई संस्करणहरू जस्तै रुपमा लिएको देखिन्छ।

 

बिजेपीका दुई मुख्य गठबन्धन साझेदारहरू अर्थतन्त्रका लागि मोदीको दृष्टिकोणका लागि उपयुक्त मानिएको छ। तेलुगु देशम पार्टीको नेतृत्व आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले गरिरहेका छन्, जसले राज्यको पूर्व राजधानी हैदराबादको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए र उनी विदेशी लगानीको बलियो समर्थक मानिन्छन्। बिहार राज्यको जनता दल (युनाइटेड) पार्टीले पनि समस्या निम्त्याउने सम्भावना छैन। मन्त्रिपरिषद्ले निरन्तरतामा जोड दिएको छ। वित्त, वाणिज्य र विदेश मामिला मन्त्रीहरू आफ्नो भूमिकामा यथावत छन् । साना पोर्टफोलियोहरू भएका केही सहकर्मीहरू पनि व्यवसायका लागि महत्वपूर्ण छन्, विशेष गरी अश्विनी वैष्णव, जसले इलेक्ट्रोनिक्स उत्पादनका लागि धेरै– ठूलो सब्सिडीहरूको निरीक्षण गर्छन्।

मोदीले स्पष्ट रुपमा आफ्नो चुनावी झट्कालाई सम्हाल्ने निपुणताले कामहरू सम्पन्न गराउनका लागि उनको प्रतिष्ठालाई बलियो बनाएको हुन सक्छ। धेरै कार्यकारीहरूले यसलाई उनले अझै पनि सुधारहरू मार्फत अगाडि बढाउन सक्छन् भन्ने सङ्केतको रूपमा लिन्छन्। अझ राम्रो, गठबन्धनले उनलाई अतिआक्रमण गर्नबाट रोक्न सक्छ, उदाहरणका लागि बिजेपीलाई पूर्ण हृदयले अँगाल्ने कम्पनीहरूका लागि जीवन गाह्रो बनाउँदै– यस्तो डर जुन कर्पोरेट भारतका धेरै बासिन्दाहरूले साझा गर्छन् तर श्री मोदीको खुला आलोचनाको असहिष्णुतालाई ध्यानमा राख्दै सार्वजनिक रूपमा बोल्न भने हिम्मत गर्दैनन्।

जोखिम यस्तो छ कि गठबन्धनको बाधाहरूले बिजेपीको ज्यादतीलाई नियन्त्रण गर्न मात्र होइन अझ धेरै बढवा दिन पनि सक्छ । अभियानको क्रममा प्रतिज्ञा गरिएका १०० दिनको योजनाहरूको शृङ्खला अझै जारी हुन बाँकी छ। अन्य आधा–सम्पन्न परियोजनाहरू, जस्तै विदेशी लगानीका लागि नयाँ नियमहरू जुन नयाँ कार्यकालको सुरुमा अन्तिम रूप दिइनु पर्ने थियो, निलम्वित जस्तै छन्। धेरै आवश्यक पर्ने कृषि, भूमि र श्रम सुधारहरू, जसलाई मोदीले बिजेपी बहुमतका साथ पनि अगाडि बढाउन सङ्घर्ष गरेका थिए, तिनलाई कार्यान्वयन गर्न अब झन सजिलो हुने छैन।

भारतीय मालिकहरूले उनीहरूको मुख्य चुनावपूर्वको गल्ती अतिरञ्जित अपेक्षाहरू भएको स्वीकार गर्छन्। कुनै पनि दलका लागि तेस्रो कार्यकाल संसारको कुनै पनि ठाउँमा विरलै नै ठुलो बहुमतका साथ आउँछन्, एक लगानीकर्ताले भन्छन्। भारतमा परिवर्तनले समय लिन्छ, उनको बुझाई छ । दिशा निर्दिष्ट गरेको दूरी र बाटो भन्दा बढी महत्त्वपूर्ण छ। भारतीय बजारको नजरमा दिशा भने सही छ।

दि इकोनोमिष्टबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group