ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा प्रधानमन्त्री मोदीको ३.0- ७२ सदस्यीय मन्त्रीपरिषद*, ८ हजारभन्दा बढी पाहुनाको उपस्थित


ABC News

काठमाडौं २७ जेठ । भारतको अठारौं लोकसभा निर्वाचन सम्पन्न भए लगत्तै आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ गठबन्धन सरकारका ७२ जना मन्त्री बनेका छन् स। तीमध्ये ३० जना क्याबिनेट मन्त्री, पाँच जना विनाभिागीय र ३६ जना राज्यमन्त्री रहेका छन्।जवाहरलाल नेहरूले मात्र विगतमा हासिल गरेको उपलब्धिसंग मोदीले बराबरी गर्न आइपुगेका छन् । नयाँ सरकारमा राजनाथ सिंह, अमित शाह, जे पी नड्डा, एस जय शंकर, नितिन गडकरी, पियुष गोयल र मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान, हरियणणाका पूर्व मुख्यमन्त्री मनोहरलाल खट्टर पनि मन्त्री बनेका छन् । पूर्व वित्तमन्त्री निर्मला सीतारमणले पनि क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएकी छन्। राष्ट्रपति भवनमा ८ हजारभन्दा बढी पाहुनाहरूको उपस्सिथतिमा मोदी र उनको मन्त्रीपरिषदले आधिकारिक रूपमा एनडीएको तेस्रो कार्यकालको सुरुवात गरेको छ ।

अघिल्लो दिन नवनिर्वाचित सांसदहरू मोदीको निवासमा भेला भएका थिए, जसमध्ये धेरैलाई मन्त्रिपरिषदमा पनि समावेश गरिनेछ। अहिले ७२जना मन्त्री तथा राज्यमन्त्रीहरूले शपथ लिएका छन् ।

गठबन्धन सरकारमा तेलगु देशम पार्टीबाट २ जना मन्त्री र एक राज्यमन्त्री तथा नितिश कुमारको जनता दल युनाइटेडबाट १ मन्त्री र दुई राज्मन्त्रीले स्थान पाएका छन् । मोदी क्याविनेटमा टीडीपीका ३६ वर्षीय राममनोहर नायडु युवामन्त्री देखि र जितनराम माझी (७८)  वर्षका अर्का बृद्धमन्त्रीले समेत सस्थान पाएका छन् ।

शपथ ग्रहण समारोहमा को– को उपस्थित छन् ?
समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजु, श्रीलंकाका राष्ट्रपछि रनिल विक्रमासिसंघे, भूटानका प्रधानमन्त्री तोग्वे र अन्यसहित भारतका छिमेकी र हिन्द महासागर क्षेत्रका धेरै गण्यमान्य व्यक्तिहरू उपस्थित छन् । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले शपथ ग्रहण समारोहमा भाग लिएका छन् भने तृणमूल काङ्ग्रेसकी प्रमुख ममता ब्यानर्जीले शनिबार आफ्नो पार्टीले शपथ ग्रहणमा भाग नलिने घोषणा गरेकी थिइन् ।

*अपडेटसहित 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com