ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार तेस्रोपटक आज प्रधानमन्त्रीको शपथ खाएपछि मोदीले बनाउनेछन् यी १० कीर्तिमान


एबीसी न्यूज

काठमाडौं २७ जेठ । आज भारतमा नयाँ सरकार गठन हुँदै छ। वाराणसी निर्वाचन क्षेत्रबाट निर्वाचित भाजपा सांसद नरेन्द्र मोदी आज लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदै छन्।

मोदीको लगातार तेस्रो राज्याभिषेक पनि आफैँमा कीर्तिमान हुनेछ। सन् १९६२ पछि कुनै नेता लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

त्यसअघि भने जवाहरलाल नेहरु लगातार तीनपटक सन् १९५२, १९५७ र १९६२ मा प्रधानमन्त्री बनेका थिए। मोदीले त्यो कीर्तिमान पनि आज बराबरी गर्नेछन्।

 

मोदी आज लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदै, नेहरुको कीर्तिमान बराबरी गर्दै

पहिलोपटक सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदीले यसअघि आफ्नो नाममा धेरैवटा कीर्तिमान बनाइसकेका छन्। आउनुहोस् त्यसबारे जानकारी लिऔँ।

भारत स्वतन्त्र भएपछिको पहिलो प्रधानमन्त्री
२६ मे २०१४ मा, नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीका रूपमा शपथ खाएका थिए। योसँगै उनी भारत स्वतन्त्र भएपछि बनेका पहिलो प्रधानमन्त्री बने।

अमेरिकी संसद्को सम्बोधन
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २२, २०२३ मा अमेरिका भ्रमण क्रममा दोस्रोपटक अमेरिकी सदनलाई सम्बोधन गरे। यसअघि सन् २०१६ जुन ८ मा पनि उनले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। जुन २०२३ मा अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्नेबित्तिकै उनले महान् नेता नेल्सन मण्डेलाको बराबरी गरेका थिए। मोदीले अमेरिकी संसदलाई दुई वा सोभन्दा बढीपटक सम्बोधन गर्ने केही महान् नेताहरूको बराबरी गरेका छन्। दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेदविरुद्ध लड्ने महान् नेता नेल्सन मण्डेला र इजरायलका पूर्वप्रधानमन्त्री यित्जाक राबिनले पनि अमेरिकी संसद्‌लाई दुईपटक सम्बोधन गरेका थिए। जहाँ विन्स्टन चर्चिल र इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी सदनलाई तीनरतीनपटक सम्बोधन गरेका छन्।

राजीव गान्धी र अटल बिहारी वाजपेयीलाई पछि पारे
मोदीले अमेरिका भ्रमणका क्रममा पूर्ववर्तीहरू राजीव गान्धी र अटल बिहारी वाजपेयीका साथै मनमोहन सिंह र पीवी नरसिम्हा रावलाई पछि पारेका छन्। यी नेताहरूले अमेरिकी संसद्‌को संयुक्त बैठकलाई एकरएकपटक मात्र सम्बोधन गरेका छन्। राजीव गान्धी भारतका पहिलो प्रधानमन्त्री थिए, जसले सन् १९८५ मा पहिलोपटक अमेरिकी सदनलाई सम्बोधन गरेका थिए।

योग सत्रले गिनिज वर्ल्ड रेकर्ड राख्यो
जुन २०२३ मा, संयुक्त राष्ट्र संघमा प्रधानमन्त्री मोदीको नेतृत्वमा योग सत्रले गिनिज वर्ल्ड रेकर्ड बनाएको थियो। प्रधानमन्त्री मोदीको नेतृत्वमा, २१ जुन २०२३ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित योग समारोहमा अधिकांश देशका मानिसको सहभागिताका लागि गिनिज वर्ल्ड रेकर्ड बनाएको थियो। उनीसँगै संयुक्त राष्ट्र संघको ७७औँ महासभाका अध्यक्ष कासाबा कोरिसी, उपमहासचिव अमिना मोहम्मद र न्युयोर्क सहरका मेयर एरिक एडम्स पनि सहभागी थिए।

अयोध्या भ्रमणको रेकर्ड
प्रधानमन्त्री नरेन्द्र मोदी २८ वर्षको अन्तरालपछि ५ अगस्ट २०२० मा अयोध्या पुगेका थिए र एकै दिनमा धेरै कीर्तिमान बनाएका थिए। रामजन्मभूमिको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्। साथै कुनै भारतीय प्रधानमन्त्रीले हनुमानगढीमा भगवान हनुमानको आशीर्वाद लिएको पहिलोपटक उनैले हो। मोदी सन् १९९२ मा अयोध्या आएका थिए र अयोध्याको जीआईसी मैदानमा मुरली मनोहर जोशीसँगको सभालाई सम्बोधन पनि गरेका थिए। त्यसपछि उनले रामललाको दर्शन गरे। मोदी तत्कालीन भाजपा अध्यक्ष डा। मुरली मनोहर जोशीको नेतृत्वमा भएको ‘तिरंगा यात्रा’को संयोजक थिए, जुन डिसेम्बर १९९१ मा सुरु भयो र १८ जनवरी, १९९२ मा अयोध्या पुग्यो। धारा ३७० खारेजीको माग गर्दै यो यात्रा निकालिएको थियो।

युट्युबमा दुई करोड सब्सक्राइबर हुने पहिलो नेता
डिसेम्बर २०२३ मा नरेन्द्र मोदी युट्युबमा २ करोड सब्सक्राइबर्स प्राप्त गर्ने पहिलो विश्वव्यापी नेता बने। युट्युबमा सब्सक्राइबर र भ्युजको मामिलामा मोदीले विश्वका आफ्ना प्रतिद्वन्द्वी नेताहरूलाई धेरै पछाडि छाडेका थिए। त्यतिबेला मोदीको युट्युब च्यानलमा कुल ४५० करोड भ्युज थिए। त्यतिबेला मोदीपछि दोस्रो ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो थिए, जसको च्यानलमा ६४ लाख सब्सक्राइबर्स थिए। यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनको नाम आउँछ।

कुमाउँ भ्रमणमा विश्व कीर्तिमान
अक्टोबर २०२३ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्ड भ्रमणका क्रममा एक विशेष र नयाँ विश्व कीर्तिमान बनाएका थिए। यसले वर्ल्ड बुक अफ रेकर्डमा स्थान पायो। प्रधानमन्त्री मोदीको कुमाउँ भ्रमणका क्रममा कुमाउँको छोलिया र झोडा लोकनृत्यको प्रस्तुति र ढोल दमौंको लोक वाद्ययन्त्रले वर्ल्ड बुक अफ रेकर्डमा स्थान पायो। उत्तराखण्डको पिथौरागढमा समुद्र सतहदेखि ५३३८ फिट ९१६२७ मिटर० उचाइमा संस्कृति विभागले आयोजना गरेको यो अनुपम कार्यक्रममा प्रदेशका तीन हजार लोक कलाकारले आफ्नो परम्परागत भेषभूषा र लोकगीतका साथ भाग लिएका थिए।

प्यालेस्टाइन र इजरायलको यात्रा
फेब्रुअरी २०१८ मा नरेन्द्र मोदीले प्यालेस्टाइनको भ्रमण गरेर अर्को कीर्तिमान बनाए। भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण थियो। यसअघि २०१७ मा उनी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बने।

पुटिन र सीपछि सबैभन्दा लामो समय जी(२० नेता
एनडीएले लगातार तेस्रोपटक जित हासिल गरेपछि प्रधानमन्त्री बनेका मोदी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङपछि आगामी पाँच वर्षसम्म जी–२० मा सबैभन्दा लामो समय सेवा गर्ने नेता बन्नेछन्। ६ जुन २०२४ सम्म, मोदीले २६ मे २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिएदेखि ३६६४ दिन सेवा गर्नेछन्। उनी पहिले नै जी२० को तेस्रो सबैभन्दा लामो सेवा गर्ने नेता हुन्, आफ्नो रेकर्ड विस्तार गर्नेछन्। अमरउजालाबाट

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com