ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बस्ने भए किन नर्सिङ पढ्थे ?


admin

पुतलीसडकदेखि कोटेश्वरसम्मको यात्रा । अझ नेपाल यातायातको यात्रा । उभिन पनि मुस्किल पर्छ । भाइव्रेन्ट र नेममा पर्ने विद्यार्थीहरुको बीचमा म पनि उभिरहेको थिए । तर महिला सिट खाली भयो, छेउका भाईले पुलुक्क म तिर हेरे । म पनि के कम गएर बसिहाले । यसैपनि नेपाल यातायातमा सिट पाउनै मुस्किल हुन्छ । यात्रा जारी छ । भिडभाड भएपनि विद्यार्थी भाई बहिनीहरुको गफ रमाईलो नै लागिरहेको छ । आ–आफ्ना साथीहरुस“ग मज्जाले गफिदै छन । दुईवटा बहिनीहरु पनि छेउमा आएर उभिए । उनीहरुको गफ पनि सुनिरहे । नचाहेपनि पब्लिक बस भएकाले छेउछाउमा बस्ने जसले पनि सुन्नैपर्ने । एक बहिनीले अर्कीलाई सोधिन । तिम्रो पढाईपछि तिमी नेपालमै बस्छौ ? उसले फ्याट्ट जवाफ दिई हालिन । नेपाल बस्ने भए किन विएसी नर्सिङ पढ्थे त ? म त अस्ट्रेलिया जान्छु । यस्तै कुरामा उनीहरु मज्जाले गफिदै थिए । बानेश्वर पुगेपछि उनीहरुकी अर्की साथी पनि चढिन । भर्खर एसईई सकेर बसेकी रहिछिन । उनीहरु तीनबीच निकै रमाईलो गफ हुदै थियो । मलाई पनि दिनभरको कामको थकानले निन्द्रा लागिरेहेको थियो तर उनीहरुको कुराले अलिक चनाखो भए । सायद एसईई पास गरेकी उनीहरुकी नातामा बहिनी हुनुपर्छ । दिदी बहिनीको नाता पनि लगाउदै थिए । नर्सिङ पढिरहेकी र आईटी पढिरहेकी दुवैले सोधे अब के पढ्ने भनेर । उनले फ्यान्ट भनिहालिन साइन्स । अनि उनीहरुले सोधे साइन्स पछि के पढ्ने ? उनले भनिन होटल म्यानेजमेन्ट । होटल म्यानेजमेन्ट पढ्न किन अहिले साइन्स पढ्नु परयो । आफुलाई जुन विषय मन पर्छ त्यही पढ । जसले पनि एसएलसी पछि साइन्स नै पढ्न अघि बढ्छन अनि पछि विषयमा रुचि नभएर फेरि विषय फेर्छन । त्यसैले तिमी अहिले देखिनै म्यानेजमेन्ट नै पढ पछि पनि सजिलो हुन्छ । उनीहरुबीचको शैक्षिक गफ रमाईलो नै लागिरहेको थियो । फेरि ती बहिनीले भनिन अब डयाडी ममिलाई सोध्नुपर्छ । ठिकै हो म्यानेजमेन्टमा रुचि छ भने किन साइन्स पढ्नु ? उनले बेलैमा आफ्नो रुचिको विषय छानिन भने भविष्यमा पनि उसलाई सजिलो हुन्छ । जसको पनि अभिभावकको चाहना आफ्ना छोराछोरीले साइन्स पढुन भन्ने नै पाइन्छ । छिमेकी र आफन्तको अगाडि पनि बच्चाले के पढ्छ भन्दा साइन्स पढ्छ भन्दा कतिपय अभिभावकले गर्व मान्ने गरेको देख्न सकिन्छ । तर छोराछोरीको रुचिको विषय के हो ? उनीहरु भविष्यमा के बन्न रुचाउछन ? के विषय पढ्दा के भइन्छ भन्ने कुरा अभिभावकले पनि विचर गर्नुपर्ने हुन्छ । देखासेकी गरेर अरुको छोरा/छोरी साइन्स पढे भन्दैमा आफ्ना छोराछोरीलाई पनि जर्वजस्ती साइन्स पढ्न पठाउदा यसको रिजल्ट पोजेटिभ भन्दा पनि नेगेटिभ बढी आउन सक्छ । यसबारे सबै अभिभावकले विचार पुर्याउनु जरुरी देखिन्छ ।
अर्को पाटो अहिलेको पुस्तामा नर्सिङ नेपालमा बस्न होइन विदेश जान मात्र पढ्ने जुन भ्रम छ त्यसलाई चिर्न सक्नुपर्छ । अहिलेका जेनेरेसनले विदेश जाने र पैसा कमाउने प्राय सोचेको पाउन सकिन्छ । नेपाल बस्ने भए किन नर्सिङ पढ्थे भन्नु् नै विदेशमा नर्सिङलाई राम्रो हुन्छ भन्ने हो । राम्रो पढ्ने विद्यार्थी जुनसुकै विषयमा होस नेपालमा पनि ठाउ नभएको भने होइन । नेपालमा यति धेरै संख्यामा हस्पीटल र नर्सिङ होम छन । यसका लागि दक्ष जनशक्ति धेरै नै चाहिन्छ । नेपालमा स्वास्थ्य या अन्य कुनै क्षेत्रका विशेषज्ञ थोरै मात्र पाउन सकिन्छ । हामी विद्यार्थी किन विशेषज्ञ बन्न खोज्दैनौ । आफ्नो विषयलाई सुक्ष्म अध्ययन गरेर त्यसै विषयमा हामी विशेषज्ञता हासिल गर्न कहिल्यै खोज्दैनौ । कोई पनि अध्ययनशील व्यक्तिलाई देशकै उच्च आदर्श व्यक्तित्वमा गनिन समय नै लाग्दैन । हामीले आफ्नो बौद्धिकतालाई बढाउदै फराकिलो बनाउदै लान सक्यौ भने एकदिन हामीलाई राष्ट्रले नै खोज्दै आउने छ । जस्तो डा.भोला रिजाल, डा.उपेन्द्र देवकोटा, डा.नुतन शर्मा, डा.भगवान कोइराला, डा.सन्दुक रुइत,डा.बसन्त पन्त लगायत केही गन्न सकिने बरिष्ठ डाक्टरहरु देशको आवस्यकता हुन ।
सञ्चारकर्मी शारदा थापा भन्छिन ‘नेपालमा व्यवहारिक शिक्षाको अभावले पनि विद्यार्थीहरु नेपालभन्दा विदेश जान बढी खोज्छन । अहिलेका पुस्तामा विदेशमा पैसाको रुख हुन्छ भन्ने भ्रम हुन्छ जसले उनीहरु लाखौ लाख खर्चेर विदेश जान आतुर हुन्छन ।‘ केही विद्यार्थीले त विदेशमा गएर राम्रो पनि नगरेका होइनन । नेपालमा हुने भ्रष्टचार, शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेपले पनि विद्यार्थीमा निराशा पैदा गर्छ । यहा राम्रोलाई भन्दा हाम्रोलाई बढी प्राथमिकता दिइन्छ । जबसम्म राम्रोलाई प्राथमिकता दिइदैन । नेपाली विद्यार्थीहरु स्वदेशी रोजगारी भन्दा पनि विदेशी रोजगारीमा बढी आकर्षित देखिन्छन । सञ्चारकर्मी थापाले भनेजस्तै दक्ष जनशक्तिलाई नेपालमा रोजगारीको सृजना गरियो भने फलामेढोका सकिएलगत्तै विदेश जाने रहर या भनौ बाध्यता आउदैनथ्यो होला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com