ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका प्रधानमन्त्री मोदीलाई अमेरिका, चीन, बेलायत, फ्रान्स र ईयूद्वारा बधाई


एबीसी न्यूज
जेष्ठ २४, २०८१ बिहीबार  १ : २० बजे

काठमाडौं २४ जेठ । भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको गठबन्धन ९एनडिए० ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य ९बेलायत०, फ्रान्स, युरोपेली सङ्घ ९ईयू०, जापान र रूसले बधाई दिँदै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीलाई उहाँको गठबन्धनको विजयका लागि बधाई दिनुभएको छ भने विदेश मन्त्रालयले अमेरिकाले उहाँसँग ‘स्वतन्त्र र खुला’ एशियामा थप सहकार्य गर्न चाहेको उल्लेख गरेको छ । बाइडेनले लेख्नुभएको छ, “हाम्रो दुई देशबिचको मित्रता निरन्तर बढ्दै गएको छ ।”

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रधानमन्त्री मोदीलाई ‘आफ्नो प्रिय मित्र’ का रूपमा सम्बोधन गर्दै निर्वाचनमा प्राप्त गरेको विजयका लागि बधाई दिनुभएको छ ।

त्यसैगरी, चीनले मोदीलाई बधाई दिँदै आफ्नो छिमेकीसँग मिलेर काम गर्न तयार रहेको बताएको छ भने गठबन्धनको जीतको बेलायत, ९ईयू०, जापान र रूसले पनि प्रशंसा गरेका छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनले उहाँको पार्टीलाई गठबन्धन सरकारमा सामेल हुने वातावरण बनेपछि उहाँले बिहीबारदेखि तेस्रो कार्यकालका लागि तयारी गर्नुभएको छ । मोदीका दल भाजपा नेतृत्वको गठबन्धनले विगत एक दशकदेखि पूर्ण बहुमतका साथ शासन गरेको छ ।

नयाँ कार्यकालका लागि तयारी
उक्त समूह राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ले बुधबार अबेर सरकार गठनका लागि सहमति भएको घोषणा गरेको छ ।

भाजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सबैले सर्वसम्मत रुपमा आदरणीय एनडीए नेता नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गरेका छौं । गठबन्धनले संसदमा २९३ सिट जितेको र यो सरकार गठनका लागि चाहिने २८२ सीटभन्दा बढी सङ्ख्या हो । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सम्भवतः शनिबार प्रधानमन्त्रीका रुपमा शपथ लिनुहुनेछ ।

‘गठबन्धनको राजनीतिको माइनफिल्ड’मा मोदीको नयाँ निर्भरताको अर्थ उहाँले अपेक्षा गरेभन्दा निकै कठिन तेस्रो कार्यकालको सम्भावनाको सामना गर्नुपर्ने हिन्दुस्तान टाइम्सले बिहीबारको सम्पादकीयमा लेखेको छ ।

“सहमति निर्माण नै शासनको आधारशिला हुनुपर्छ”, सम्पादकीयमा भनिएको छ, भाजपाले आफ्नो विस्तार योजनालाई पुनरवलोकन गर्नुपर्नेछ ।”

निर्वाचनको परिणाम सार्वजनिक भएसँगै ७३ वर्षीय मोदीले मङ्गलबार राति चुनावी परिणामले आफ्नो एजेन्डालाई निरन्तरता दिनका लागि जनमत दिलाएको बताउनुभयो ।

मोदीले आफ्नो विजयपछि राजधानी नयाँदिल्लीमा उत्साही समर्थकहरूको भीडलाई सम्बोधन गर्दै भन्नुभयो, “हाम्रो तेस्रो कार्यकाल ठूलो निर्णयमध्ये एक हुनेछ र देशले विकासको नयाँ अध्याय लेख्नेछ। यो मोदीको ग्यारेन्टी हो ।”

भाजपाले संसदमा २४० सिट प्राप्त गरेको छ, जुन पाँच वर्षअघि जितेको ३०३ सिटभन्दा निकै कम हो ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सन् २०२४ मा ९९ सीटमा विजयी बन्न सफल भएको छ यो सन् २०१९ को तुलनामा झण्डै दोब्बरले बढी हो । सन् २०१९ मा काङ्ग्रेसल ५२ सिट जितेको थियो । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com