ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा गठबन्धन राजनीति फर्कियो : मोदीको अपराजेय छवि ध्वस्त-न्युयोर्क टाइम्स


ABC News

भारतको चुनावका ४ निष्कर्ष
भारतको प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले पहिलो दशकमा पर्याप्त ‘सरप्राइज’ दिए। तर, ती कुनै पनि मंगलबारको नतिजाजति आश्चर्यजनक थिएनन्। मोदी तेस्रो कार्यकालका लागि निर्वाचित त भए तर संसदमा पार्टीको बहुमत भने गुमाए।

यो हारसँगै २०१४ मा प्रधानमन्त्री बनेयता उनले निर्माण गरेको अपराजेय नेताको छवि पनि मेटिन थालेको देखिन्छ।

उखरमाउलो गर्मीमा सात हप्ता लामो चुनावपछि आएको नतिजा झन् आश्यर्चजनक हुनुको कारण थियो– केही दिनअघि आएको एक्जिट पोल। जसले भाजपा भारी बहुमतका साथ चुनावमा विजयी हुने प्रक्षेपण गरेको थियो।

तर, भाजपाले २३९ सिट मात्र जित्यो। विपक्षी कंग्रेस नेतृत्वको गठबन्धनले २३५ सिट हात पार्‍यो। भाजपाका सहयोगी दलहरूले ५२ सिट जितेकाले मोदी प्रधानमन्त्री पदमा कायम रहने भए। तर, उनको आकर्षण घट्यो भने उनको नेतृत्वशैली पनि आधारभूत रुपमै परिवर्तन भयो।

मोदीको अपराजेय छवि ध्वस्त
मोदी २०१४ मा सत्तामा आउँदा उनले आर्थिक प्रगति गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र भारतको प्रमुख पहिचान हिन्दुत्व बनाउने वाचा गरेका थिए। दुई कार्यकालमा उनले आफ्ना समर्थकहरूलाई राष्ट्रका लागि काममा लगाउन सक्ने बलियो नेताको रुपमा आफूलाई प्रस्तुत गरे।

उनको यस्तो छवि अघिल्लो सरकारको भन्दा अलग थियो। मोदी सत्तामा आउनुअघि भारतमा २५ वर्ष गठबन्धन सरकार चलेको थियो। कंग्रेस, भाजपा र साना तेस्रो पार्टीका नेताहरू पालैले प्रधानमन्त्री बनेका थिए। मोदीले त्यो परम्परा तोडेका थिए। र, भाजपाको एकल बहुमत भएको व्यवस्थाको नेतृत्व गरेका थिए।

नेताका रुपमा मोदीले शक्ति बाँडफाँटमा कुनै रुचि देखाएनन्। २०१६ मा मोदीले अचानक नोटबन्दी लगाउँदा उनका अर्थमन्त्रीले समेत यसबारे पहिले थाहा पाएका थिएनन्।

भारतको एक मात्र मुस्लिम बहुसंख्यक राज्य जम्मु कस्मिरमा फौजी शासन लगाउँदा उनले त्यसको योजनालाई संसदमा आफ्नो निर्णयका रुपमा प्रस्तुत गरे। सदनको अनुमोदन खोजेनन्।

तर, अब ती दिन सकिए।

भाजपाको गठबन्धन साझेदारका रुपमा उदाएका दुई ठूला पार्टीको नेतृत्व चन्द्रबाबु नायडु र नितिश कुमारले गरेका छन्। यी दुवै नेता निकै अनुभवी छन् र मध्यपन्थी ‘टेक्नोक्र्याट’ का रुपमा चिनिन्छन्।

दुवै नेताले संसदमा ज्यादा शक्तिको माग राख्नेछन्। वास्तवमा, भाजपा र कंग्रेसले गठबन्धनको नेतृत्व नगरेको अवस्थामा दुवैलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ।

रातारात बदलियो राजनीतिक नक्सा
संसदका सिटमा जित र हार देखाउने चुनावी नक्सा जब मंगलबार सार्वजनिक भयो, त्यसमा बिल्कुल नयाँ ढाँचा देखिन्थ्यो।

सो नक्साअनुसार भाजपाकै गढ मानिने हिन्दी बेल्टमा मोदीको पार्टीले चुनाव हारेको देखियो।

त्यसैगरी, विगतमा भाजपा पस्न नसकेका राज्यहरूमा भाजपा पसेको पनि सो नक्साले देखायो।

मोदीले उत्तर प्रदेशमा दर्जनौँ सिट गुमाए तर पूर्वी राज्य उडिसा र दक्षिणी राज्य तेलंगनामा पर्याप्त सिट जिते।

एकै पार्टी हाबी भएको मुलुकको एक मात्र हिस्सा भारतको ‘आदिवासी बेल्ट’ रह्यो। जहाँ गरिब समुदायलाई भाजपाले हिन्दुवादी राजनीति र कल्याणकारी कार्यक्रमका माध्यमबाट आकर्षित गरेको छ।

सेयर बजार घट्यो तर बढ्नेछ
एक्जिट पोल आइरहँदा भारतको सेयर बजार उकालो लागेको देखिन्थ्यो। सोमबार लगानीकर्ताहरूले किन्नमा पैसा खर्च गरे। जसका कारण ‘मोदी स्टक्स’ भन्ने गरिएको प्रधानमन्त्रीको प्राथमिकतामा योजनासँग जोडिएका सेयरको मूल्य आकासियो।

तर, जब वास्तविक नतिजा आउन थाल्यो, ती सेयरको मूल्य घट्यो। अदानी ग्रुपको सेयर एकैदिन करिब २० प्रतिशत घट्यो। ब्लु चिप कम्पनीहरूको सूची निफ्टी ५० ले ६ प्रतिशत मूल्य गुमायो। जसका कारण यो वर्षको पाँच महिनामा बढेको मूल्य सबै घट्यो।

भारतका ठूला व्यापारीमाझ मोदी लोकप्रिय छन्। तर, अब बन्ने नयाँ सरकारबाट कुन कम्पनीले ज्यादा फाइदा पाउनेछ, लगानीकर्ताहरूले पत्ता लगाउनुपर्ने हुन्छ।

जेफ्रीज् नामक इन्भेस्टमेन्ट ब्यांकका क्रिस वुडले गत वर्ष नै भनेका थिए, मोदीले हारे ‘भारतीय सेयर बजारमा २५ प्रतिशतको करेक्सन आउनेछ।’

इतिहास हेर्दा गठबन्धन सरकार हुँदा पनि भारतका कम्पनीहरूले उत्तिकै राम्रो गरेको देखिन्छ। त्यसैले, मोदी सत्तामै नरहे पनि सेयर बजार तत्काल माथि जाने वुडको भनाइ छ।

फर्कियो गठबन्धन राजनीति, सुरु हुनसक्छ ‘म्युजिकल चेयर’
संसदमा नयाँ युग सुरु भएसँगै राजनीतिक बदलाको खेल सुरु हुने निश्चित छ। सिट जित्न नसकेका नेताहरूलाई निकालिनेछ। ससाना पार्टीले मन्त्री पद माग गर्नेछन्। त्यसकारण भाजपाका मन्त्री हट्नेछन्।

नीति बदल्नुपर्ने हुनसक्छ। विश्वको कारखानाका रुपमा विस्थापित गर्ने उदेश्यले भारतले निर्यात उत्पादनमा जोड देला? कि विदेशीसँग प्रतिस्पर्धा गर्न डराउने स्थानीय उद्योगको संरक्षणमा लाग्ला?

भारत मोदीअगाडिकै गठबन्धन राजनीतिमा फर्किन नसक्ने कार्नेगी एन्डाउमेन्टका मिलन वैष्णव बताउँछन्। मोदीका नयाँ साझेदारहरूले पनि मोदीकै निरंकुश शैलीसँग मिल्दोजिल्दो माग राख्न सक्छन्।

‘उनीहरू पनि राज्यमा मोदी सरकारजत्तिकै निरंकुश तरिकाले सरकार चलाउँछन्,’ वैष्णव भन्छन्। उदाहरणका लागि उनीहरूले पनि विपक्षी नेतालाई पक्राउ गर्न माग गर्न सक्छन्, जसरी मोदीले विपक्षी नेता पक्राएका थिए।

भारतको चुनाव इतिहासकै ठूलो हो। यसपालि ६० करोडभन्दा बढी मतदाताले ६ चरणमा मत खसाले। यसपालि विद्युतीय भोटिङ मेसिनबारे कुनै गुनासो सुनिएन। अथवा मोदीको नेतृत्वमा भारत तानाशाही बन्ने त्रास पनि देखिएन।

मंगलबार राति भाजपा मुख्यालयमा एउटा अप्ठेरो भाषणमा मोदी यो चुनावलाई ‘लोकतन्त्रको उत्सव’ भने।

– दि न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com