ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र अरब राष्ट्रबीच नवप्रवर्तनसहित ५ क्षेत्रमा सहकार्यको घोषणा


एबीसी न्यूज

काठमाडौं १७ जेठ । चीन र अरब राष्ट्रबीच आपसी सहकार्यको घोषणा भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अरबबीच विभिन्न पाँच क्षेत्रमा सहकार्य अघि बढ्ने घोषणा गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीन(अरब राज्य सहकार्यक मञ्चको सभालाई सम्बोधन गर्दै सीले सहकार्यका पाँच ढाँचा अघि सारेका हुन् । चीन र अरबबीच गतिशील नवप्रवर्तन, विस्तारित सहयोग र लगानीमा नवीनत सहकार्य, ऊर्जा क्षेत्रमा वृहत सहकार्यको घोषणा भएको हो ।

यस्तै, आर्थिक र व्यापारिक रुपमा आपसी हित र जनस्तरमा आदनप्रदानमार्फत थप सहकार्यको पनि घोषणा भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नवप्रवर्तनअन्तर्गत चीन र अरबले संयुक्त रुपमा अरबमा १० वटा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला निर्माण गर्नेछन् । यस्तै यान्त्रिक बौद्धिकतामा आधारित प्रविधिमा उनीहरुबीच सहकार्यको घोषणा भएको छ ।

यस्तै ऊर्जा क्षेत्रमा हरित ऊर्जामा सहकार्य गर्ने र आधुनिक कृषि प्रणालीका साथै सूचना प्रविधिमा सहयोग गर्ने घोषणा गरिएको छ । यस्तै दुई मुलुकबीच अन्तरिक्षको प्रविधिमा पनि सहकार्यको घोषणा भएको छ ।

चीन(अरब राष्ट्र सहकार्य मञ्च स्थापना भएको दुई दशक पुगेको छ । योबीचमा अरब राष्ट्र र चीनबीच राम्रो व्यापारिक सम्बन्ध स्थापना भएको छ । अरब राष्ट्रसँग व्यापार गर्ने मुलुकमा चीन अग्रपंक्तिमै छ ।

अरब राष्ट्र र चीनबीच बीआरआईमा पनि सहकार्यको सम्झौता छ । जसअन्तर्गत २०० भन्दा बढी परियोजनामा आपसी सहकार्य भइरहेको छ । यसबाट २ अर्ब मानिस लाभान्वित हुने अपेक्षा राखिएको छ ।

चीन र अरब राष्ट्रबीच हाल ४०० अर्बको व्यापार भएको छ । सहकार्यको नयाँ ढाँचामार्फत यस व्यापारलाइ बढोत्तरी दिने आपसी अपेक्षा रहेको छ ।

बिहीबार सम्मेलनमा सम्बोधन गर्दै सीले चीन र अरबबीचको सहकार्य नयाँ उचाइमा अघि बढिरहेको बताएका छन् । उनले चीनले अरबसँग रणनीतिक साझेदारी गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा लान तयार रहेको समेत उल्लेख गरेका छन् ।

चिनियाँ प्रधानमन्त्री सीले सन् २०२६ को चीन(अरब सम्मेलन आफ्नो मुलुकले आयोजना गर्ने बताएका छन् । ‘मध्यपूर्व सम्भावनानै सम्भावना रहेको भूमी हो । यद्यपि यसमा क्षेत्र युद्धमा मडारिरहेको छ । न्यायिक रुपमा युद्धको निरुपण गर्दै शान्ति कायमका लागि सबैको सहयोग आवश्यक छ । चीन दुई राज्यको अवधारणामा अडिग छ र इजरायल प्यालेस्टाइनको युद्ध अन्त्यको पक्षमा छ,’ उनले सम्बोधनमा भनेका छन् ।

चीनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यतामा विगतदेखिनै समर्थन गर्दै आएको छ । सीले गाजामा मानवीय सहायताका लागि एक अर्ब युआन सहयोगको समेत घोषणा गरेका छन् ।

चीनले द्वन्द्वपछिको पुर्ननिर्माणका लागि पाँच अर्ब युआन सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यस्तै उनले प्यालेस्टाइन शरणार्थीहरुलाई सहयोगका निम्ति राष्ट्रसंघीय निकायलाई ३० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com