ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाका १९ देशका २० मिडियाको प्रधानमन्त्रीलाई पत्र : ‘सिरोहियामाथिको कारबाही तुरून्त रोकेर लोकतन्त्र र प्रेस स्वतन्त्रताको सम्मान गर’


एबीसी न्यूज
जेष्ठ १२, २०८१ शनिबार   ८ : १५   बजे

काठमाडौं १२ जेष्ठ । एसियाका १९ देशका २० वटा ठूला मूलधारका मिडियाहरूको सञ्जाल ‘एसिया न्युज नेटवर्क (एएनएन) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा आपत्तिसहित यस्ता गतिविधिले लोकतान्त्रिक देशकै प्रतिष्ठामा आँच आउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएको छ ।

एएनएनका अध्यक्ष महाफुज अमनले पठाएको पत्रमा गत मंगलबार कान्तिपुरका अध्यक्षलाई समाचारकक्षबाट हिरासतमा लिएको घटना प्रस्टरुपमा मिडियाप्रति धम्की भएको भन्दै चिन्ता जाहेर गरेका छन् ।

‘मिडियाले कुनै राजनीतिज्ञको बारे कुनै अनुसन्धान गर्छन् र यस्तो घटना हुन्छ भने यसले लोकतान्त्रिक देशको रुपमा नेपालको प्रतिष्ठा र प्रेसप्रतिको व्यवहारमा आँच ल्याउनेछ,’ प्रधानमन्त्री दाहाललाई पठाइएको पत्रमा छ ।

केएमजीको समाचार कक्षमा घुसपैठ गर्ने प्रहरीको आचरण र कार्यालय परिसरमा प्रहरीको भारी उपस्थित स्वतन्त्र मिडियाको लागि अस्वीकार्य हुने एएनएनले उल्लेख गरेको छ । अध्यक्ष सिरोहियाप्रति गरिएको व्यवहारबारे उल्लेख गर्दै विधिको शासन निष्पक्ष र न्यायपूर्ण हुनुपर्ने उल्लेख गरेको छ ।

‘हामी महामहिमलाई थप सबै प्रहरी कारबाही रोक्न, निष्पक्ष र उचित कानुनी उपचारको सुनिश्चित तुरुन्तै गरी नेपालको लोकतन्त्रको प्रतिष्ठा, विश्वसनियता र प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने देशको रुपमा रहेको देखाउनका लागि विनम्रतापूर्वक अनुरोध गर्छौं,’ पत्रमा छ

एनएनएनका सदस्यहरूमा चाइना डेली, डेली स्टार (बंगलादेश), डन (पाकिस्तान), इलेभेन मिडिया (म्यानमार), गोगो मंगोलिया, जकार्ता पोस्ट (इन्डोनेसिया), कुएन्सेल (भुटान), काठमाडौं पोस्ट (नेपाल), फिलिपिन्स डेली इन्क्वायरर, रस्मेई क्याम्पुचेया, नोम पेन्ह पोस्ट (कम्बोडिया), बोर्नियो बुलेटिन (ब्रुनाई), योमिउरी शिम्बुन/द जापान समाचार, कोरिया हेराल्ड, द नेशन (थाइल्याण्ड), द स्टार, सिन च्यु डेली (मलेसिया), द स्टेट्सम्यान (भारत), द स्ट्रेटटाइम्स (सिंगापुर), भियनतियान टाइम्स (लाओस) र भियतनाम समाचार छन् । यो पत्र सोमबार एनएनएनलले थाइल्याण्डस्थित नेपाली राजदूतावासमा पनि बुझाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group