ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व राष्ट्रपति यादवले भनेः सिरोहियाको गिरफ्तारी संविधान र विधिको शासनविपरीत


एबीसी न्यूज
जेष्ठ १२, २०८१ शनिबार   ५ : ०५   बजे

 

 

पोखरा १२ जेठ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी संविधान र विधिको शासनविपरीत भएको बताएका छन् ।

 

पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा तथा १२ औं अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको कदम संविधान, कानुन र विधिको शासनको नियमविपरीत भएको बताएका हुन् ।

 

‘अहिले कान्तिपुर मिडिया हाउसका मान्छेलाई सरकारले जुन प्रकारले समातेको छ, त्यो विधिको शासनअनुसार, अहिलेको संविधानअनुसार होइन,’ उनले भने, ‘नागरिकबाट केही भूल भएछ भनेर, सीडीओ अफिसबाट भूल भएछ भनेर, सीडीओ अफिसले तपाईं यति गते हाजिर हुनुस् भनेर पत्र काटेको भए हुन्थ्यो । सीडीओ कार्यालयले त्यसलाई सच्याइदिन्थ्यो ।’

आफू पनि जनकपुरकै बासिन्दा भएकोले सिरोहिया परिवारलाई नजिकबाट चिनेको उनको भनाइ थियो । ‘त्यसको ९कैलाश सिरोहियाको० पिताजी बडा सज्जन मान्छे थियो, घाँसीराम मारवाडी । अरु मारवाडी आउँदा रातारात उनीहरुको नागरिकता भयो । उसले चाहिँ नागरिकता पाएन,’ उनले भने, ‘त्यतिबेला जसले घुस दिन्छ उसको नागरिकता बनिहाल्थ्यो, तर घाँसीराम मारवाडीको नागरिकता बनेन ।’ उनका अनुसार कान्तिपुरका पूर्वसञ्चालक विनोदराज ज्ञवालीका बुबा हेमराज ज्ञवाली पञ्चायतकालमा धनुषाको प्रमुख जिल्ला अधिकारी भएर गएपछि घाँसीरामलाई नागरिकताको प्रमाणपत्र दिएका थिए । ‘जेठो दाजु गोपाल सिरोहिया मसँगै पढेका हुन् । उनी जीवितै छन् । अहिले काठमाडौंमा छन् । बीचको गोविन्द सिरोहिया, त्यसपछि कैलाश सिरोहिया हुन्,’ उनले भने, ‘उनीहरु जेन्युन, सय वर्ष पहिले आएको यहाँको नागरिक हुन् ।’

मिडियाको विकास भए पनि देशको राष्ट्रिय चरित्र नफेरिएको उनले दुखेसो पोखे भने, ‘संविधानमा भएको कुरा पनि सरकारमा भएको मानिस पालना गर्दैन ।’

साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले कैलाश सिरोहियाको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए । उनले कानुनविपरीत सरकारले गरेको धरपकडले सर्वसाधारणमा भय सिर्जना गरेको बताए । ‘अब ढुक्क भएर पत्रकारिता गर्ने स्थिति रहेन,’ उनले भने, ‘यस्तो बेला सबै सचेत र चनाखो भएर पत्रकारिता गर्न आवश्यक छ ।’ जुनसुकै सरकार आए पनि राज्यले मूलधारका सञ्चारमाध्यमलाई नियन्त्रण र निषेधको प्रयास गर्ने प्रवृत्तिमा कुनै भिन्नता नदेखिएको उनको भनाइ थियो । उनले भने, ‘अहिलेको सरकारले सञ्चारमाध्यम र पत्रकारलाई नियन्त्रण गर्न झन् कडा कानुनको व्यवस्था गर्दै छ । त्यसतर्फ बेलैमा सचेत हुनुपर्छ ।’

पत्रकार महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले शृखंलाबद्ध रुपमा सहकारी ठगीको घटना उजागर गर्ने गरी रिपोर्टिङ गरेकै कारण गृहमन्त्रीले प्रतिशोध साँधेको बताए । उनले प्रकाशक भएकैले पत्रकारिता सम्भव भइरहेकोले प्रकाशक र पत्रकारलाई छुट्याएर हेर्न नमिल्ने उल्लेख गरे । ‘पहिला प्रकाशक र सम्पादक एकै व्यक्ति हुँदाको अवस्था अर्कै थियो,’ उनले भने, ‘अहिले प्रकाशक वा सञ्चालक नहुने हो भने मूलधारको पत्रकारिता नरहने अवस्था छ । यस्तो अवस्थामा सरकार नै सञ्चारमाध्यमविरुद्ध खनिनु न्यायसंगत हुँदैन ।’

साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही कृति स्मृति पत्रकारिता वृत्ति सम्मान(२०८० बाट सम्मानित भएका छन् । पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसीको स्मृतिको उनको परिवारद्वारा स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

पत्रकार महासंघ कास्कीले आर्थिक पत्रकारिता पुरस्कार(२०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देललाई पुरस्कृत गरेको छ । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

 

कैलाश सिरोहियाको नागरिकता विवादको कहानी र वास्तविकतालाई कानुन व्यवसायीले यसरी प्रस्ट्याए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group