ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतका प्रधानमन्त्रीले घोषणा गरे चुनावको मिति


एबीसी न्यूज

काठमाडौं १० जेठ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका छन् । नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै चुनावको मिति घोषणा गरिदिएका हुन् ।

उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए ।

 

राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुने बीबीसीले जनाएको छ ।

उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना थियो । चुनावको मिति घोषणाका लागि उनलाई डिसेम्बर महिनासम्म समय थियो ।

 

सन् २०२२ मा फिक्स्ड टर्म इलेक्सन एक्ट रद्द भएपछि बेलायतका प्रधानमन्त्रीले आफूलाई अनुकूल समयमा चुनावको मिति घोषणा गर्ने बाटो खुलेको छ ।

ऋषि सुनकले चुनाव घोषणा गर्दै भने, ‘बितेका पाँच वर्ष देशका लागि दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा चुनौतीपूर्ण रह्यो । आगामी दिनमा म तपाईंहरुको हरेक भोटका लागि लड्नेछु । हामीसँग स्पष्ट योजना छ ।’

चुनाव घोषणाअघि एकपछि अर्को गर्दै क्याबिनेट मन्त्रीहरू प्रधानमन्त्री सुनकको कार्यालयमा प्रवेश गरेका थिए ।

बीबीसीका अनुसार सत्तारुढ कन्जरभेटिभ पार्टीका केही सदस्यहरूले ऋषि सुनकविरुद्ध अविश्वासको माग गरेका थिए । एक जना सांसदले पार्टीको वर्तमान अवस्था दुःखद रहेको समेत बताएका छन् ।

सामान्यतया बेलायतमा बिहीबारको दिन आम निर्वाचन हुने गरेको थियो । यो अभ्यास २७ अक्टोबर १९३१ देखि गरिएको थियो । त्यसअघि मंगलबारको दिन चुनाव हुने गरेको थियो । यसपटक पनि बिहीबार पारेर मिति घोषणा गरिएको छ ।

बेलायतको अभ्यास अनुसार संसद्को पहिलो बैठकको पाँचौं वार्षिकोत्सवपछि मात्र संसद् विघटन हुन्छ । वर्तमान संसदको वार्षिकोत्सव १७ डिसेम्बर २०२४ मा हुने तय भएको थियो ।

संसद् विघटनपछि निर्वाचनको तयारीका लागि २५ कार्यदिन दिइएको छ । यदि उचित प्रक्रिया अपनाएको भए बेलायतमा सन् २०२५ को जनवरी २८ सम्म चुनाव हुनेथियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com