ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा दम्पतीको हत्या, छुट्टाछुट्टै कोठामा भेटियो शव


एबीसी न्यूज
जेष्ठ ९, २०८१ बुधबार  ४ : १६ बजे

 

काठमाडौं ९ जेठ,। काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको हत्या भएको देखिन्छ । तर कसले किन हत्या गर्‍यो अहिलेसम्म केही खुलेको छैन’ डीएसपी श्रेष्ठले भने ।

डीएसपी श्रेष्ठका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति नै उनीहरुको हत्या भएको हुनसक्ने बताइएको छ । मंगलबार दिउँसो स्थानीय ठाकुर पूजामा सहाभागी नभएपछि घरमा गएर उनीहरु दुबै जना मृत भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

सम्बन्धित

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला अचानक ढलेपछि …

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

नेपालीलाई दूतावासको चेतावनी– ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com