ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र हमासका नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै हेगमा मुद्दा


एबीसी न्यूज

काठमाडौं ८ जेठ । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी०मा इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै मुद्दा परेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री योआब गालान्त र हमासका तीन शीर्ष नेताविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा परेको हो ।

आईसीसीमा मुद्दा दायर गर्दै करिम खानले इजरायल सरकार र विद्रोही हमास दुवै पक्षमाथि इजरायल र गाजा क्षेत्रमा मानवताविरुद्ध युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

सोमबार विज्ञप्ति जारी गरी खानले भनेका छन्, ‘सात महिनादेखि जारी युद्धले उनीहरूविरुद्ध वारेन्ट जारी गर्ने पर्याप्त आधार दिएको छ ।’ उनका अनुसार गाजामा गरिएको आक्रमणको क्रममा आम जनतालाई भोकै राख्नु र उनीहरुलाई जानीजानी मार्नु युद्ध अपराधको श्रेणीमा पर्दछ ।

यसैगरी हमासका प्रमुख याह्या सिनवार, सैन्य विभागका कमाण्डर इन चिफ मोहम्मद अल मसरी र हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानिएविरुद्ध पनि वारेन्ट जारी गर्न माग गरिएको छ । उनीहरूमाथि पनि इजरायलका सर्वसाधारणको हत्या, बलात्कार र बन्धक बनाएर यातना दिएको आरोप छ ।

हेग अदालतका न्यायाधीशहरूको टोलीले उजुरीमाथि प्रारम्भिक सुनुवाइ गरी वारेन्ट जारी गर्ने पर्याप्त आधार र प्रमाण छ कि छैन भन्ने यकिन गर्नेछन् ।

इजरायल र हमासका नेताहरूले भने युद्ध अपराधको आरोपको खण्डन गरेका छन् ।

इजरायलको युद्ध क्याबिनेट मन्त्री बेनी गात्जले आतंकवादीहरूबाट भइरहेको आक्रमणको प्रतिरक्षा मात्र गरेको जिकीर गरेका छन् ।

हमासका वरिष्ठ नेता सामु अबु जुहारीले पक्राउ गर्नुपर्ने मागलाई पीडित र जल्लादलाई एउटै तराजुमा राख्नेखालको कदम भनेर आलोचना गरेका छन् ।

नेदरल्याण्डको शहर द हेगमा अवस्थित अन्तर्राष्ट्रिय अपराध अदालतका १२४ देश सदस्य छन् । इजरायल र उसको मुख्य सहयोगी अमेरिका भने यसको सदस्य छैनन् । चीन र रूस पनि यसमा सदस्य छैनन् ।

आईसीसीले २०२३ मा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो ।

आईसीसीका सदस्य देशहरूले गिरफ्तारी वारेन्टमा आफ्नो सीमाभित्र रहेर कारबाही गर्न सक्दछन् । तर यसमा गिरफ्तार नै गर्न बाध्य भने हुँदैनन् ।

इजरायलमा ७ अक्टुबर २०२३ मा हमासले आक्रमण गरेको थियो । सो हमलामा १० नेपालीसहित करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो । नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई हमासले बन्धक बनाएको थियो । यही आक्रमणपछि इजरायलले हमास लक्षित कारबाही जारी राखेको छ ।

प्यालेस्टाइनसको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट ३५ हजार भन्दा बढीको ज्यान गएको जनाएको छ । युद्ध जारी रहेकाले राहत सामग्री, खाद्यान्न, औषधि, पानी र इन्धन आपूर्तिमा भयानक संकट पैदा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com