ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र रास्वपाबीच सहकारी घोटाला र गिरिबन्धु टि इस्टेट स्क्याण्डलमा गठबन्धन छः नेका महामन्त्री थापा


ABC News

 

 

काठमाडौँ ६ जेठ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि इस्टेट प्रकरणकमा गठबन्धन गरेको दावी गरेका छन् ।

संघीय संसद् भवनमा आइतबार पत्रकार सम्मेलन गरी महामन्त्री थापाले रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरे ।

 

सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको थापाको भनाइ थियो ।

‘सरकारलाई अविश्वास गर्नेहरूले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । ल बनाउ । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ,ु थापाले भने, ुअनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अब एमालेले गरिदिन्छ । किनभने तपाईहरूको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । एमालेले सहकारी नउठाउने, तपाईहरूले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।’

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानबिन गर्न आफूहरू तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com