ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले राती प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? : रबि


एबीसी न्यूज
जेष्ठ ६, २०८१ आईतबार  ७ : १४ बजे
कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ?

काठमाडौं ६ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी दोहो¥याएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यो अफरबारे पार्टी सभापति शेरबहादुर देउवालाई सदनमै आएर जवाफ दिन पनि चुनौती दिएका छन्।

‘म गृहमन्त्री हुन नैतिक रुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहीँ कुन नैतिक रुपले मिल्ने रहेछ। अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन। म राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हो,’ उनले भने।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले मान्ने घटालथानमा आफू पनि पुगेको भन्दै त्यही थानलाई साक्षी राखेर जवाफ दिन देउवालाई चुनौती दिएका हुन्।

रबिको भनाइ यस्तो :

‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने अफरको डेट क्स्पायर भयो कि अझै बाँकी छ? त्यसपछि म मेरो जवाफ दिऔँला। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिज्यूले दिनुभए मेरो लागि कल्याण हुनेछ,’ उनले भने, ‘उहाँले असाध्यै मान्नुहुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु। त्यही घटालथानलाई साक्षी राखेर भने हुन्छ– मेरा लागि त्यो अफर आएको थियो कि थिएन?’

उनले अघि थपे, ‘यदी मैले नैतिकताको उत्तर दिनुपर्छ भने, यो कुरा नैतिकताको विषय हो कि होइन। राति प्रधानमन्त्रीको अफर, अफर अस्वीकार गरेपछि सदन अवरुद्ध र संसदीय समितिको माग। यो राजनीतिको कुन नैतिकताको पृष्ठमा पर्छ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com