ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिन–सीले बेइजिङमा ‘रणनीतिक साझेदारी’ लाई गहिरो बनाए


एबीसी न्यूज
जेष्ठ ४, २०८१ शुक्रबार   ५ : ५७   बजे

 

पुटिन र सीले ‘वासिङ्टनको विनाशकारी र शत्रुतापूर्ण’ व्यवहारको प्रतिरोध गर्न अन्तरिक्ष, सैन्य र ऊर्जा सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

 

एकताको प्रदर्शन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एक वर्षभन्दा कम समयमा दोस्रो पटक भेटवार्ता गरेका छन्। कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन, उनीहरू सैन्य, आर्थिक र ऊर्जा सहयोगलाई सुदृढ पार्दै आफ्नो ूरणनीतिक साझेदारीू लाई गहिरो बनाउन सहमत भएका छन्। मे महिनामा पाँचौँ कार्यकाल सुरु गरेपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो।

‘आज चीन–रसिया सम्बन्ध कडा परिश्रमले आर्जन भएको छ, र दुवै पक्षले यसलाई स्मरण गर्दै पोषण गर्न आवश्यक छ’, सीले बिहीबार भनेका थिए । पुटिनले जबाफमा भनेका छन् उनीहरुले ‘अधिक न्यायपूर्ण र लोकतान्त्रिक बहुध्रुवीय विश्व व्यवस्थाू सिर्जना गर्न काम गरिरहेका छन्।

दुई नेताले बिहीबार अन्तरिक्ष सहकार्यदेखि आणविक उर्जा अनुसन्धानदेखि लिएर पश्चिमी प्रतिबन्धहरूलाई बेवास्ता गर्ने रणनीतिहरूसम्म सबै कुरालाई सम्बोधन गर्दै ७ हजार शब्दको संयुक्त वक्तव्य जारी गरेका छन्। उक्त दस्तावेजप्रति वासिङ्टनले यस क्षेत्रको ‘रणनीतिक सुरक्षा सन्तुलन’ लाई बिगार्ने प्रयास गरेको र ‘हाम्रा देशहरूको तथाकथित’ दोहोरो नियन्त्रण ‘ तिर वासिङ्टनको विनाशकारी र शत्रुतापूर्ण कदमको प्रतिरोध गर्ने’ वाचा गरेको आरोप लगाउँदै अमेरिकाप्रतिको रुसी र चिनियाँ विरोधलाई पनि जोड दिएको छ।

नवनियुक्त रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ र उनका पूर्ववर्ती सर्गेइ शोइगु दुवैको उपस्थितिले बिहीबारको बेइजिंगमा भएके वार्ताले युक्रेनमा रुसको युद्धले खेलेको केन्द्रीय भूमिकाको देखाएको छ। बेइजिङ मस्कोको सबैभन्दा नजिकको साझेदार बनेको छ । जबकि पश्चिमी राष्ट्रहरूले किएभमा युद्धका लागि क्रेमलिनलाई अलग्गै राख्न खोज्छन्। द्वन्द्व सुरु भएदेखि, चीनले रसियालाई नागरिक र सैन्य प्रयोगका लागि उन्नत प्रविधि प्रदान गरेको छ । चीनले गत फेब्रुअरी २०२३ मा, १२ सूत्रीय शान्ति योजना प्रस्ताव गरेको छ जसले मस्कोलाई युक्रेनमा आफ्नो क्षेत्रीय लाभ कायम राख्न अनुमति दिने पश्चिमी बुझाई रहंदै आएको छ ।

‘चीनको समर्थनबिना रुसले युक्रेनमा आफ्नो आक्रमणलाई निरन्तरता दिन सङ्घर्ष गर्नेछ’, ‘अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्केनले गत महिना बेइजिङलाई चेतावनी दिँदै भनेका थिए,’ ‘यदि चीनले यस समस्यालाई सम्बोधन गरेन भने हामी गर्नेछौँ।’ संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले सीको शान्ति योजनाको आलोचना गरेका छन्।

बिहीबार छलफलका लागि धेरै विषयहरू भए पनि, दुई नेताहरूले प्रस्तावित ग्यांस पाइपलाइनमा बहस गरे वा नगरेको स्पष्ट नभएको बताइएको छ । युरोपतर्फ जाने रूसी ग्यास आपूर्तिलाई चीनतर्फ पुनः निर्देशित गर्न उनीहरुले कोशिश गरिरहेका छन् ।
गाजप्रोमका सीईओ अलेक्सी मिलरले यस हप्ता पुटिनको प्रतिनिधिमण्डलसँग यात्रा नगरेर इरानका अधिकारीहरूसँग भेट गरे। ‘ग्याजप्रोमको घाटाले २०२२ मा युरोपमा ग्याँस ट्याप बन्द गर्ने क्रेमलिनको निर्णयले कुन हदसम्म उल्टाएको छ भनेर देखाउँछ’ एफपी स्तम्भकार अगाथे डेमारिसले तर्क गरेका छन्।

दुई नेताहरूको शासनकालमा, सी र पुटिनले व्यक्तिगत वा भर्चुअल रूपमा ४० भन्दा बढी पटक भेटेका छन्। फेब्रुअरी २०२२ मा, रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि, सी र पुटिनले ‘सीमाहीन’ साझेदारीको घोषणा गरका थिए । गत वर्ष, द्विपक्षीय व्यापार २४० अर्ब डलरको बराबरको रेकर्डस्तरमा पुगेको थियो । शुक्रबार, पुटिनले चिनियाँ सहर हार्बिनको भ्रमण गर्नेछन्, जुन कुनै समय दशौं हजार जातीय रुसीहरूको घर थियो।

फरेन पोलिसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group