ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले हतियार नदिने भनेपछि इजरायलले भन्यो- हामी एक्लै लड्नेछौँ


एबीसी न्यूज
बैशाख २८, २०८१ शुक्रबार  १२ : ५८ बजे

काठमाडौं २८ बैशाख । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन्।  नेतान्याहुको यो भनाइ यस्तो बेला आएको हो जतिबेला अमेरिकाले इजरायलले रफाहमा आक्रमण गर्ने भए इजरायललाई हतियार आपूर्ति नगरिने चेतावनी दिएको छ।

‘आवश्यक भएमा हामी एक्लै खडा हुनेछौँ’, नेतान्याहुले भने, ‘मैले पहिले भनिसकेको छु, आवश्यक परे अन्तिम साससम्म पनि लड्छौँ।’

 

इजरायलका रक्षामन्त्री योभ गालान्टले भने, ‘मित्र र शत्रुले बुझ्नुपर्छ, यो देश ९इजरायल० पछाडि छाड्न सकिँदैन। हामी बलियो छौँ र हाम्रो लक्ष्य हासिल गर्नेछौँ।’

अमेरिकाले मानव जीवनमा खतरालाई मध्यनजर गर्दै रफाहमा बमको ढुवानीमा प्रतिबन्ध लगाएको छ। सोमबार इजरायलले करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गरेको थियो।

इजरायलले हमासविरुद्ध विजय हासिल गर्न रफाहमा आक्रमण गर्ने कुरा दोहोर्याइरहेको छ।

तर अमेरिका र अन्य संगठनले इजरायलले रफाहमा ठूलो कारवाही गरेमा हजारौं मानिसको ज्यान जान सक्ने बताइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com