काठमाडौं २१ बैशाख । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताको प्रतिलिपि सार्वजनिक गरेका छन्।
आफ्नो नागरिकताका विषयमा प्रश्न उठेपछि उनले सरोकारवाला तथा सर्वसाधारणको जानकारीका लागि भन्दै शुक्रबार नागरिकताको प्रतिलिपि सार्वजनिक गरेका हुन्।
सिरोहियाले सार्वजनिक गरेको आफ्नो नागरिकताको प्रतिलिपि–
‘राज्यका विभिन्न पदाधिकारीले व्यक्तिगत रूपमा प्रतिशोध र रिसइबी लिएर मेरो नागरिकताको विषयमा प्रश्न उठाएकामा सरोकारवाला तथा सर्वसाधरणको जानकारीका लागि मेरो नागरिकताको प्रतिलिपि यहाँ राखेको छु’, नागरिकताको प्रतिलिपिसहित उनले लेखेका छन्, ‘नाबालिगसहित परिवारका सदस्यका बारेमा २०३३–२०३४ सालमा राज्यले संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता र २०५७ मा प्रतिलिपि लिएको हुँ। राज्यले अभिलेखबाटै यी सबै विषय स्वाभाविक रूपमा पुष्टि हुन्छन्।’
यसअघि पनि सिरोहियाले आफ्नो नागरिकताबारे शंका लागे राज्यलाई अनुसन्धान गर्न सक्ने बताएका थिए।
शुक्रबार दिनभर गृहमन्त्री रबि लामिछानेको दबावमा प्रहरीलाई कैलाश सिरोहियामाथि पक्राउ पूर्जी जारी गर्न दबाव दिएको भन्ने चर्चा चलेको थियो । लामिछानेले कान्तिपुरले उनको बारेका बद्मासी प्रकाशन गर्न नरोकेपछि बदला लिने बहाना खोजिरहेको रास्वपाकै एक जना नेताले बताए ।
सिरोहियाको नागरिकता माथि प्रश्न उठाउनु भनेको मण्डले राष्ट्रवादीहरुले सवै मधेशी मूलका नेपालीलाई अनागरिक देख्ने पुरानै प्रवृत्ति हो ।
प्रतिक्रिया दिनुहोस्