ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन भत्काउन देशीविदेशी शक्ति लागेको ओलीको आरोपमा घनश्यामको जबाफ ‘ओलीकै कारण खतरा’ !


ABC News

 

 

काठमाडौं २१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी–विदेशी शक्ति लागीपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु डसलिरहेको ओलीको आरोप थियो ।

 

पश्चिम नवलपरासीमा एमालेको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धनले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउएको देखेर बैरीहरु अत्तालिएको बताएका हुन् ।
उता नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण नै वर्तमान सत्ता गठबन्धन खतरामा रहेको जबाफ फर्काएका छन् ।

शुक्रबार भैरहवामा आयोजना भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले ओलीको व्यवहारले गठबन्धनको भविष्य धेरै लामो नजान सक्ने बताएका हुन् ।

 

‘माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली दुवै कांग्रेस र पार्टीभित्रको द्वन्द्वले गर्दा नयाँ गठबन्धनमा बाध्यताले जोडिएका हुन्,’ भूसालले भने, ‘यो कति लामो समय जान्छ, त्यो ओलीजीको व्यवहारमा भरपर्छ ।’

सम्झौता उल्लङ्घन गर्ने, सहमति कार्यान्वयन नगर्ने ओलीको पुरानै बानी भएको भूसालले बताए । उनले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालले आनाकानी गरेको संकेत गर्दै त्यसो भए गठबन्धन टुट्ने चेतावनी दिए । भूसालले भने, ‘गठबन्धनलाई चुँडिने गरी नतान्नुस अन्यथा क्षति हुनेछ ।’

 

भूसालले एकीकृत समाजवादीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक भुईँचालो जाने दाबी गरेका छन् । उनले महाविधेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुबिकृत गराउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com