ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन्द्र शाहले सुकुम्बासीलाई हेप्ने, तर्साउने र थर्काउने गरेको ओलीको आरोप


एबीसी न्यूज
बैशाख २०, २०८१ बिहीबार  ७ : २० बजे

 

काठमाडौं २० बैशाख । नेकपा (एमालें) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका छन् ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरुलाई आवासको व्यवस्था गर्न काठमाडौं महनगरपालिकालाई सुझाव दिए।

‘समस्या समाधानमा सुकुम्बासी कहिल्यै पनि बाधक हुँदैन। सुकुम्बासीमाथि ज्यादति ग¥यो भने अनि सुकुम्बासीहरू त्यसको प्रतिरोधमा उत्रिन्छन्,’ ओलीले भने, ‘कहीँ हेप्ने मानिस भेटिएन। अनि, सुकुम्बासीलाई हेप्ने ? कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीको लालाबाला तर्साएर कुुन बहादुर हुन्छ ? त्यसकारण त्यतातिर होइन, समस्या समाधानतर्फ लागौँ।’ ओलीले बालेन्द्र शाहले गरिबलाई तर्साने गरेकोमा आक्रोश पोखे ।

 

काठमाडौँ महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र साहले निरन्तरता दिईरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान सुरु गर्नुपर्ने बताए।

‘सुकुम्बासी बस्ती हटाउनु मात्रै होइन, जथाभावी गर्ने हो भने त के भयो र। सुकम्बासीहरूलाई लखेटी दिए भयो। मारिदिए भयो। जे पनि गर्ने हो भने। तर जे पनि गर्न मिल्दैन लोकतन्त्रमा। त्यसको व्यवस्थापन गर्नुपर्छ। समस्या समाधान गर्नुपर्छ। जहासुकै जाउ, जेसुकै गर, खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन,’ उनले भने – मेयर साहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने ?

सुकुम्बासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो। उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको पनि बताए।
‘जनताप्रति उत्तरदायित्व नलिने, अनुतरदायी, गरिव भनेको देख्न नसक्ने, सुकुम्बासी देख्नै नहुने, अनि मैले पोहोर, परारको साल पनि भनेको थिँए–सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा छन्। भत्काउन जान्छ डोजर। सुकुम्बासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छरु कर्कला फाँड्न बञ्चरो लिएर जानेरु सुकुम्वासीको समस्या समाधान गर्नुप¥यो,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com