ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इँटाभट्टामा जिउँदै मान्छे जलाउने अफताब आलम सहित चार लाई २० वर्ष कैद


ABC News

 

वीरगन्ज १५ बैशाख । इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमलाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ।

आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीले जानकारी दिए। उनी सहित मुद्दामा थप तीन जनालाई पनि जन्मकैदको सजाय भएको छ। घटना हुँदाका बखत कायम रहेको मुलुकी ऐनअनुसार जन्मकैदको फैसला हुँदा २० वर्ष जेल बस्नुपर्छ।

जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय आचार्यको इजलासले सुनाएको हो।

मुद्दामा एक जना मुक्ति साहलाइ भने अदालतले सफाइ दिएको छ । ११ जना प्रतिवादी रहेको मुद्दा फरार रहेका ६ जनालाई हकमा मुद्दा मुल्तवीमा राखेको तहसिलदार कार्कीले बताए ।
उनी हरु पक्राउ परेपछि मुद्दा चल्नेछ। सोमबार र हिजो बुधबार हेर्दाहेर्दैमा राखिएको थियो।

६ महिना अघि नै दुवै पक्षका वकिलले बहस सके पनि अन्तिम फैसलाका लागि ढिलाइ भएको हो। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले ०७६ साल कार्तिक १८ गत आलमसहित विरुद्ध किटानी जाहेर दिएका थिए।

संविधानसभा चुनावलाई प्रभावित पार्न आलम आफैँले विष्फोट गराउने उद्देयश्यका साथ बम बनाउँदा विष्फोट भएको थियो। त्यसबेला विष्फोटमा माओवादीको संलग्नता रहेको दाबी गरिए पनि आलमकै ढाकछोपमा घटना लुकाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com