ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय चुनावमा मतदाता बढाउन सित्तैमा बियर र ट्याक्सी खर्चको अफर !


एबीसी न्यूज

काठमाडौं १३ बैशाख । भारतमा चलिरहेको सात दिने आमचुनावको दोस्रो चरणमा शुक्रबार मतदान हुँदै छ। त्यसका लागि ब्यांग्लोरको कर्णाटक राज्यमा मतदातालाई मतदानमा आकर्षित गर्न अनेक जुक्ति निकालिएको छ।

बीबीसीका अनुसार धेरै कम्पनीहरुले मतदानमा सहभागी हुनेलाई निःशुल्क खानादेखि ट्याक्सी खर्चसम्म दिइरहेका छन्। यसमा सित्तैमा बियर, छुटमा क्याब राइड र निःशुल्क स्वास्थ्य जाँच जस्ता सुविधा रहेका छन्।

केही खाद्य बिक्रेताले ग्राहकलाई चुनावमा मतदान गरेको मसी पोतिएको औँला देखाउनुपर्ने सर्त अघि सारेका छन्। गत बुधबार मात्रै उक्त राज्यको उच्च अदालतले निर्वाचन कार्यविधि उल्लंघन नहुने गरी यस्तो सुविधा दिन अनुमति दिएको थियो।

कर्णाटकमा आम मानिसहरुले चुनावमा न्यून सहभागिता जनाउने गरेकाले यसपटक ती सुविधामा छुट दिइएको बताइएको छ।

सन् २०१९ को आम चुनावमा उक्त सहरको ब्यांग्लोर साउथ कन्टिचुअन्सीले कर्णाटककै कम अर्थात् ५३।७ प्रतिशत मात्रै मतदान भएको थियो।

यस्तो सुविधा दिनेमा राइडसेयरिङ एप ब्लु–स्मार्ट, र्‍यापिडोलगायत छन् भने मिस्टर फिली रेस्टुराँ, वन्डरला पार्कलगायतले पनि छुटको अफर ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com