ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दो, किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?


एबीसी न्यूज

काठमाडौ १३ बैशाख । विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दो छन् । आगामी दिनमा यो मामिला झनै बढ्ने मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदनमा भनिएको छ । ल्यान्सेटले उक्त रिपोर्टमा बताएअनुसार सन् २०२० मा प्रोस्टेट क्यान्सरका १४ लाख नयाँ बिरामी भेटिएका थिए । सन् २०४० मा यो सङ्ख्या २९ लाख पुग्नेछ ।
प्रतिवेदनका अनुसार ११२ देशहरूमा प्रोस्टेट क्यान्सर पुरुषहरूमा पाइने सामान्य क्यान्सरका रूपमा देखिएको छ ।

कुल क्यान्सरका बिरामीमा १५ प्रतिशत प्रोस्टेट क्यान्सरका छन् । सन् २०२० मा प्रोस्टेट क्यान्सरबाट विश्वभर ३ लाख ७५ हजार पुरुषको मृत्यु भएको अनुमान गरिएको छ भने सन् २०४० सम्ममा यो मृत्यु ८५ प्रतिशतले वृद्धि हुनेछ । पुरुषमा क्यान्सरको कारण हुने मृत्युमा यो पाँचौँ ठुलो कारण हो ।

के हो प्रोस्टेट ?
प्रोस्टेट पुरुष प्रजनन प्रणालीको एक हिस्सा हो । यो मूत्राशयभन्दा तल हुन्छ । यो ओखरको आकारको हुन्छ । उमेर बढ्दै जाँदा यसको आकार पनि बढ्न थाल्छ । ४५ देखि ५० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन् । तर यसको मतलब यो क्यान्सर नै हो भन्ने चाँहि होइन । हरेक व्यक्तिमा यो समस्या देखिन्छ नै भन्ने पनि होइन । प्रोस्टेट बढ्न थालेपछि डाक्टरहरूले पीएसए परीक्षण गर्न सल्लाह दिन्छन् । जाँचपछि क्यान्सरको आशङ्का भयो भने मात्रै थप परीक्षण गरी नतिजाअनुसार उपचार सुरु गरिन्छ ।यो रोग उमेर बढ्दै गएपछि देखा पर्ने अनि बिस्तारै बढ्ने डाक्टरहरू बताउँछन् ।

अर्थात यो क्यान्सर शरीरमा बिस्तारै बढ्दै जान्छ । प्रोस्टेट जस्तै गरी बिस्तारै बढ्ने रोगमा थाइराइड क्यान्सर र केहि प्रकारका स्तन क्यान्सर पनि पर्दछन् । औसत आयु बढेसँगै यो रोगका बिरामी पनि बढ्न थालेका छन् ।
के यो जीवनशैलीसँग सम्बन्धित रोग हो रुपुरुषको उमेर बढ्दै जाँदा प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै गएको छ । यसको कारण पनि आनुवंशिक नै हो । शाकाहारीको तुलनामा मांसाहारी मानिसहरूमा क्यान्सरको जोखिम बढी हुन सक्छ । तर यसको अर्थ शाकाहारीहरूलाई यो रोग नै लाग्दैन भन्ने चाँहि होइन ।रोगका लक्षणहरू
यदि कुनै परिवारमा कुनै सदस्यलाई क्यान्सर भइसकेको इतिहास छ भने चिकित्सकहरूले अन्य सदस्यलाई पनि परीक्षण गर्न भन्छन् । प्रोस्टेट क्यान्सरको कुनै लक्षण नदेखिने चिकित्सकहरू बताउँछन् ।

डाक्टरहरूका अनुसार पीएसए लेभल व्यक्तिको उमेरमै भर पर्छ । अमेरिकी सरकारको आधिकारिक वेबसाइट नेशनल क्यान्सर इन्स्टिच्युटका अनुसार पीएसए स्तर सामान्य वा असामान्य हुँदैन । पहिला ४।०एनजी(एमएल भन्दा तललाई सामान्य स्तर मानिन्थ्यो । तर यो भन्दा कम स्तरमा पीएसए भएकाहरूलाई पनि प्रोस्टेट क्यान्सर भएको देखियो अनि यो भन्दा बढी अर्थात् १०एनजी(एमएल सम्म पीएसए रहेकाहरूमा पनि क्यान्सर देखिएन ।

चिकित्सकहरूका अनुसार सुरुमा यसको कुनै पनि लक्षण देखिनेदैंन । तर बारम्बार पिसाब लागिरहने, पिसाब खुस्किनु, वा पिसाबमा रगत देखिनु जस्ता समस्याहरू आइरहेका छन् भने पिएसए टेस्ट गराइन्छ । यदि क्यान्सर फैलिएर हड्डीमै पुगिसकेको रहेछ भने ढाड दुख्ने, हड्डी भाँचिने, हड्डीमा दुखाई जस्ता समस्या देखिन सक्छ । रगत परीक्षणबाट प्रोस्टेट क्यान्सर पत्ता लगाउन सकिन्छ
आनुवंशिक रोग

क्यान्सर वंशाणुगत पनि हुने रोग हो । तपाईको परिवारमा कसैलाई क्यान्सर भइसकेको छ भने तपाईलाई पनि क्यान्सर हुने सम्भावना रहने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा कुनै परिवारमा कुनै सदस्यलाई प्रोस्टेट वा अन्य कुनै क्यान्सर भइसकेको छ भने डाक्टरहरुले अन्य सदस्यलाई पनि ४५ वर्षपछि हरेक २÷२ वर्षमा पीएसए परीक्षण गराउन सल्लाह दिन्छन् ।

ल्यान्सेट प्रतिवेदनका अनुसार सन् २०२० पछि पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी युरोप, उत्तर अमेरिका जस्ता देशमा पनि प्रोस्टेट क्यान्सर र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । अमेरिका र युरोपका धनी मानिसले अहिले आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेकाले यसको सकारात्मक प्रभाव देख्न एक दशक लाग्ने बताइएको छ । असी र नब्बेको दशकमा मानिसहरू सस्तो जंक फूड बढी खाने गर्थे, जसको असर अहिले देखिएको छ । तर प्रोस्टेट क्यान्सरको उपचार सम्भव रहेको र यो क्यान्सर सुस्तरी बढ्ने भएकोले बिरामीको आयु पनि लामो हुने डाक्टरहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सम्बन्धित

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

प्रहरी हेडक्वार्टरको परिपत्र– तत्कालीन इञ्चार्जहरूले उपत्यका नछाड्नू

रुकुमपूर्वमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

पोखरामा एन्ड्युरो साईक्लिङ रेस हुदैं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com