ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर, नेपाली श्रमिकको प्रशंशा


एबीसी न्यूज
बैशाख १२, २०८१ बुधबार   १२ : २८   बजे

 

 

काठमाडौं १२ वैशाख। नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

 

प्रधानमन्त्रीका कायालयका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।
कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

कतारी अमिरबाट नेपाली श्रमिकको प्रशंसा

नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

 

यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।

विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि वेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका थिए ।

होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।

कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group