ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यालेस्टिनी पूर्ण स्दस्य मान्यताको प्रस्तावविरुद्ध अमेरिकाको भिटो


एबीसी न्यूज
बैशाख ७, २०८१ शुक्रबार  ५ : १६ बजे

 

 

 

काठमाडौं ७ बैशाख । संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त राष्ट्रमा पूर्ण सदस्य राष्ट्रको रूपमा मान्यता प्राप्त गर्नै प्यालेस्टिनी प्रसस्ताव विरुद्ध भिटो प्रयोग गरेको छ । प्यालेस्टिनी सहयोगीहरूले विश्व निकायलाई यस प्रयासलाई समर्थन गर्ने प्रयासलाई अमेरिकाले पुनः अस्वीकार गरेको हो ।

प्रस्तावको पक्षमा १२ मत परेको थियो भने संयुक्त राज्य अमेरिका विश्रद्धमा र बेलायत र स्विजरल्याण्ड तटस्थ बसेका थिए ।

संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी दूत रियाद मन्सुरले पूर्णसदस्य मान्यताको प्रयासलाई ूराष्ट्रहरूको समुदायमा हाम्रो सही स्थान लिनेू प्रयासको रूपमा व्याख्या गरेका थिए।

मतदानपछि, स्पष्ट रूपमा निराश भएका मन्सुरले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई जोड दिँदै भावपूर्ण सम्बोधन गरेका थिए ।

‘हाम्रो आत्मनिर्णयको अधिकार एक प्राकृतिक अधिकार हो –एक ऐतिहासिक अधिकार– हाम्रो मातृभूमि प्यालेस्टाइन स्वतन्त्र राज्यको रूपमा बस्न पाउनु पार्ने स्वतन्त्र र सार्वभौम अधिकार छ’, उनले भनेका थिए ।

इजरायलका विदेश मन्त्री इजरायल काट्जले मतदानपछि भनेः ‘लाजमर्दो प्रस्ताव अस्वीकृत भयो। आतङ्कवादलाई पुरस्कृत गरिने छैन।’

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले शुक्रबार बिहान टोकियोमा बोल्दै भनेका थिएः नयाँ प्रस्तावले दुई राज्य समाधानलाई नजिक ल्याउने थिएन।

‘प्रस्तावले प्यालेस्टिनी प्राधिकरणलाई युएनको सदस्य हुने व्यवस्था गर्दछ’, सुश्री थोमस ग्रीनफिल्डले पत्रकारहरूलाई भनिन्। ‘अहिले, प्यालेस्टिनीहरूको आफ्नो राज्यको महत्त्वपूर्ण भागमा नियन्त्रण छैन। यो आतङ्कवादी सङ्गठनद्वारा नियन्त्रित छ’, उनले हमासलाई उल्लेख गर्दै भनिन्।

अमेरिकाले सुरक्षा परिषद्का अन्य चार स्थायी सदस्यहरूसँगै कुनै पनि प्रस्तव विरुद्ध भिटो गर्न सक्छ।

प्रस्तावले १५ सदस्यीय सुरक्षा परिषदलाई १९४ सदस्यीय युएन महासभालाई प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रको सदस्यतामा भर्ना गर्नू सिफारिस गर्न आग्रह गरेको कूटनीतिज्ञहरूले बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

सम्बन्धित

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com