ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सांस्कृतिक, सामाजिक र लैंगिक समानता विषयका कला


admin

काठमाडौंँ, ८ साउन । काठमाडौंँ विश्वविद्यालय स्कूल अफ आर्टस्, सेन्टर फर आर्ट एण्ड डिजाइनमा कला विषयमा स्नातक गरेका १४ विद्यार्थीका कला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी शुरु भएको छ ।
स्टुडियो आर्ट र ग्राफिक कम्युनिकेशन विषयमा अध्ययनरत कला विद्यार्थीले तयार पारेका कलाले नेपाली सांस्कृतिक, सामाजिक, लैंगिक समानता, सपनालगायत विषय समेटेका छन् ।
प्रदर्शनीको उद्घाटन काठमाडौंँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ र नेपालका लागि फ्रान्सका राजदूत इभस कारमोनाले संयुक्त रुपमा गर्नुभएको थियो ।
सो अवसरमा उपकुलपति श्रेष्ठले कला र संस्कृति मानव जीवनको मेरुदण्ड भएकाले यसको विकासमा विश्वविद्यालयले काम गरिरहेको जानकारी दिनुभयो । फ्रान्सेली राजदूत कारमोनाले नयाँ पुस्ताका नेपाली कलाकारले राम्रा कलाकृति बनाउँदै गएको बताउनुभयो ।
स्कूल अफ आर्टसका डिन डा सागरराज शर्माले कलाले समाजलाई जोड्ने भएकाले नेपाली समाजको प्रतिविम्बका रुपमा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रोग्राम कोअडिनेटर सुजन चित्रकारले कला क्षेत्रमा विद्यार्थीले नयाँ ढंग र सिर्जनात्मक रुपमा काम गरेको बताउनुभयो ।
सोमबारसम्म चल्ने प्रदर्शनीमा पुष्पा पराजुली, बर्सात् वे कार्की, कञ्चन तामाङ, नीलम भुर्तेल, राजकुमार राई, राजा महर्जन, सरला मानन्धर र युनिशा श्रेष्ठले स्टुडियो आर्ट अन्तर्गत बनाएका कला राखिएको छ । त्यस्तै एलिना मानन्धर, विशेषता धाख्वा, ज्योति श्रेष्ठ, नुरिशा सिंह, संभव महर्जन र श्रेया श्रेष्ठका ग्राफिक कम्युनिकेशनअन्तर्गत प्रोडक्ट डिजाइन, ज्वेलरी डिजाइन लगायत कला प्रदर्शनीमा राखिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com