ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि नयाँ वर्ष २०८१ शुरु, कसरी चल्यो विक्रम सम्वत् ?


एबीसी न्यूज
बैशाख १, २०८१ शनिबार   ८ : १५   बजे

काठमाडौं १ बैशाख । आजदेखि नेपाली नयाँ वर्ष सुरु भएको छ । विसं. २०८० साललाई विदा गर्दै आजदेखि नयाँ वर्ष २०८१ साल सुरु भएको छ

नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् ।

“विक्रम ६० सम्वतसरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य सम्वत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम सम्वत् चल्दछ, शक सम्वतका विशेषतादेखि इश्वी सम्वतका व्यवहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो सम्वतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो सम्वतमा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम सम्वत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ सम्वतसर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ ।

विक्रम सम्वत् के हो ?

भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको सम्वत्‌को रुपमा विक्रम सम्वत्‌लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरि कुनै तथ्य फेला नभएको हुँदा विक्रम सम्वत्‌को बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्‌हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा बिक्रम सम्वत् नेपालको मौलिक सम्वत् भएको तर्क समेत गर्दछन् ।

अहिले विश्वभरि नै यो सम्वत्‌लाई अधिकारिकता दिएको देश नेपाल मात्र हो । अन्य एसियाली राष्ट्र भारत, बङ्गलादेश र श्रीलङ्कामा भने यसलाई सांस्कृतिक क्यालेण्डरको रुपमा लिइन्छ । यो सम्वत् सूर्य मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेबाट प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ ।

कसरी शुरु भयो विक्रम सम्वत् ?

कसैले विक्रम सम्वत्‌को सुरुवात राणा कालमा चन्द्र शमशेरको पालोमा भएको थियो भन्ने गर्दछन् भने कसैले राणा प्रधानमन्त्री देवशमशेरले अधिकारिकता दिई सरकारी सम्वत्‌को औपचारिक मान्यता दिएको तर्क गर्छन् । तर, लिच्छवी, मल्लकाल , सेनवंश अनि पृथ्वी नारायण शाहका शिलालेखहरूमा विक्रम सम्वत् उल्लेख भएकाले यो कथन झुटो ठहरिन्छ भन्ने मतहरू पनि पाइएको छ । विक्रम सम्वत् भन्दा अगाडि नेपालमा नेपाल सम्वत् र शक् सम्वत्‌को प्रयोग हुने गरेको कथनहरू सुन्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group