ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको जोर्डनमा भीषण आगलागी, कम्तीमा ५ जनाको मृत्यु, ४५ जना घाइते


एबीसी न्यूज

काठमाडौं २९ चैत । हङकङको याउ मा तेइस्थित जोर्डन रोडमा भीषण आगलागीमा हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

हङकङको याउ मा तेइस्थित जोर्डन रोडको चोकमै रहेको ६० वर्ष पुरानो भवनमा बुधबार बिहान आगलागी भएको हो।

अग्नी नियन्त्रकहरूका अनुसार आगलागीबाट बच्नको लागि १६ तले भवनबाट मानिसहरू हाम फालेका थिए, जसमध्ये केहीको मृत्यु र केही गम्भीर घाइते भए।

भवनको दोस्रो तलाको करिडोरमा तीनजना घाइते फेला परे भने पाँचौं व्यक्ति सातौं र आठौं तलाको बीचको सिँढीमा फेला परेका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङको ६० वर्ष पुरानो यो भवनमा ३५ जना बस्न मिल्ने गरि गेस्ट हाउस सञ्चालन गरिएको थियो। भवनमा अरु फ्ल्याटहरू थिए।

आगोबाट बच्नका लागि भवनबाट हाम फालेका पाँच जनामध्ये एकजनाको मृत्यु भएको सुरक्षाकर्मीले जनाएका छन्।

हङकङ प्रहरीको काउलुन साउथ डिभिजनल कमाण्डर लाम किन क्वानले पोस्टलाई बताए अनुसार अन्य तीन जना न्यू लकी हाउसको दोस्रो तलाको सार्वजनिक करिडोरमा फेला परेका थिए भने मृत्यु भएका पाँचौं व्यक्ति सातौं र आठौं तल्लाको बीचको सिँढीमा फेला परेका थिए।

घाइतेमध्ये क्वीन एलिजाबेथ अस्पताल र क्वाङ वाह अस्पतालमा तीन पुरुष र दुई महिलालाई मृत घोषित गरिएको छ। मृत्यु हुनेमा हङकङका ६७ वर्षीय लाइ का लुन र ७० वर्षीय त्साङ हिङ वाई रहेका छन्।

अन्य तीन जना गैरचिनियाँमध्ये करिब २० वर्षका एक पुरुष र एक महिला पनि छन्। उनीहरूको पहिचान खुलेको छैन।

हङकङको जोर्डन रोड नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्र हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

घाइतेमध्ये ४० जनालाई पाँच वटा अस्पताल लगिएको छ। घाइतेमध्ये आठ जनाको अवस्था निकै गम्भीर रहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।

आगलागी बुधबार बिहान ८ बजेभन्दा केही समय अगाडि नै भएको थियो, जुनबेला भवनमा तीन सय बढी मानिस सुतिरहेका थिए। बाक्लो धुवाँले भाग्न कठिन भएको र उद्धारका लागि एक घण्टाभन्दा बढी कुर्नुपरेको केहीले बताएका छन्।

आगलागी भएको ठाउँमा ३५ दमकल र २४ वटा एम्बुलेन्सलाई खटाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com