ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइसँगै धमाधम बन्द हुन थाले कलेजहरू


एबीसी न्यूज

काठमाडौं १५ चैत । विद्यार्थी भिसामा कडाइ भएसँगै अष्ट्रेलियामा केही कलेज बन्द हुन थालेका छन् । अष्ट्रेलियाको शिक्षा मन्त्रालयले केही कलेज बन्द गरिएको सूचना सार्वजनिक गरेको छ ।

यसअघि अष्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले भिसाको खेती गर्ने शिक्षा प्रदायकहरूलाई कडाइपूर्वक कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कतिपय कलेजले विदेशी विद्यार्थीलाई भिसा प्रदान गर्ने कारखानाको रूपमा काम गरिरहेकाले तिनीहरूलाई सच्याउन ६ महिना समय दिने, अन्यथा त्यस्ता कलेजलाई बन्द गराइने बताएकी थिइन् ।

बन्द गरिएका कलेजहरूमध्ये किङ्ग्स्टोन इन्स्टिच्युट नेपालीद्वारा सञ्चालित क्याम्पस हो । जसको सञ्चालन हाम्रो इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी प्रालिले गर्दै आएको थियो ।

बन्द भएका अन्य कलेजमा द मल्का ग्रुपद्वारा सञ्चालित टीएमजी कलेज, वेस्टर्न सिड्नी टेक्नोलोजी कलेज, मुभ एकेडेमी प्रालिद्वारा सञ्चालित ब्लकचेन एकेडेमी इन्टरनेशनल रहेका छन् ।

युनाइटेड पप अष्ट्रेलिया, प्यासिफिक ट्रेनिङ ग्रुप, द इगल एकेडेमी, भर्टेक्स एयर एकेडेमी, द मल्का ग्रुपद्वारा सञ्चालित टीएमजी कलेज अष्ट्रेलिया, एबिलिटी इङ्ग्लिस, चिल्ड्रेन सर्भिसेज् एजुकेशन र ईसी ईङ्ग्लिस अष्ट्रेलिया प्रालिद्वारा सञ्चालित ईसी इङ्ग्लिसलगायत शैक्षिक संस्था पनि बन्द भएका छन् ।

बन्द भएका शिक्षण संस्थाका विद्यार्थीका लागि सहयोग प्रदान गर्न ट्युसन प्रोटेक्शन सर्भिस ९टीपीएस० लागू गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । टीपीएस अष्ट्रेलियाली सरकारको एक पहल हो । जसले यदि कुनै शिक्षा प्रदायकले विद्यार्थीलाई सम्झौता अनुरूपको पाठ्यक्रम पूर्ण रूपमा पढाउन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विकल्पको व्यवस्था सुनिश्चित गर्छ । यसअन्तर्गत विद्यार्थीको बाँकी रहेको अध्ययन अर्को शिक्षा प्रदायकबाट पूरा गरिदिने अथवा खर्च नगरिएको शुल्क फिर्ता गर्ने व्यवस्था हुन्छ ।

गृहमन्त्री ओनिलले अबदेखि पर्यटक भिसामा अष्ट्रेलिया पुगेर विद्यार्थी लगायतका अन्य भिसामा बस्ने प्रक्रिया रोक्ने पनि बताएकी छन् । विद्यार्थीका रूपमा अष्ट्रेलिया आउनका लागि आफ्नै देशबाट विद्यार्थी भिसा लिनुपर्ने उनको भनाइ छ ।

२३ मार्च २०२४ बाट जीएस अर्थात् जेन्युइन विद्यार्थी परीक्षा लागू गरिएसँगै अब विद्यार्थीलाई पढ्नका लागि अभिप्रेरित गरिने र पढाइभन्दा काममा जोड दिने नियत राख्नेलाई कडाइ गरिनेमा उनको जोड थियो ।

अष्ट्रेलियाको गृह मन्त्रालयका अनुसार यसअघि सरकारले महामारी राहत भिसामार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने समय बढाएको थियो । अब उक्त भिसा रोकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सरकारले गरेको कडाइसँगै अघिल्लो वर्षको यही अवधिमा भन्दा अहिले ३५ प्रतिशतले भिसाको दरमा कमी आइसकेको छ ।
यो कदमले अघिल्लो सरकारबाट स्थापित भएको विकृतिपूर्ण भिसा प्रणाली सच्याउन सरकार सफल हुने गृहमन्त्री ओनीलले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com